६ पुस २०८२, आइतबार | December 22, 2025

राष्ट्रपति भण्डारीदेखि शीर्ष नेतासम्मले दिए संविधान दिवसको शुभकामना



काठमाडौं । नेपालको संविधान २०७२ जारी भएको आज ६ वर्ष पूरा भएको छ । वि।स।२०७२ असोज ३ गते नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवले नेपालको संविधान २०७२ जारी भएको घोषणा गरेका थिए ।

उक्त दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते नै संविधान दिवस मनाउने गरिएको छ । दिवसका अवसरमा राष्ट्रपतिदेखि प्रमुख दलका शीर्षनेताहरुसम्मले शुभकामना व्यक्त गरेका छन् ।

कसले के भने ?

राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल हुन आग्रह गरेकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले लामो संक्रमणकाल र द्वन्द्वलाई समाप्त पार्न सफल राजनीतिक दललाई संविधानप्रदत्त नागरिक अधिकारको उपयोग गरी शान्तिपूर्ण माध्यमबाट राजनीतिक उद्देश्य हासिल गर्न राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल हुन आह्वान गरेकी हुन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले ३ असोज इतिहासकै स्वर्णिम दिन भएको बताएका छन् । शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति पुनले विभिन्न कालखण्डका जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध, २०६२-६३ को जनआन्दोलनलगायत विभिन्न आन्दोलनमा शहादत प्राप्त गर्ने वीर सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुख, शान्ति, समृद्धि एवम् समुन्नति तथा समृद्धिको शुभकामना दिएका छन् ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा व्यवस्था गरिएको शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त अनुरुप अघि बढ्दा मात्रै यसको कार्यान्वयनमा सहजता आउने बताएका छन् । संविधान दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै उनले नागरिकले संविधानअनुसार परिवर्तित व्यवस्थाको प्रतिफल प्राप्त गर्न सक्ने गरी संविधान कार्यान्वयन गर्न भएका पहलको गम्भीर समीक्षा गर्दै अगाडि बढ्न सबैलाई आग्रह गरेका हुन‍् ।

राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले संविधान कार्यान्वयनको महत्वपूर्ण जिम्मेवारी पूरा गर्न सङ्घीय संसद् सदैव सक्रिय नै रहने बताएकी छिन् । संविधान दिवस २०७८ को अवसरमा शुभकामना दिँदै उनले ऐतिहासिक जनक्रान्ति, जनआन्दोलन र जनसङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गरिएको विशिष्ट दिनको रुपमा स्मरण गरेकी छिन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको बताएका छन् । दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रम देउवाले मुलुकमा क्रमशः शान्ति स्थापना, संविधान निर्माण तथा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन भइ संविधान कार्यान्वयन गरेको सर्वविदितै रहेको चर्चा गरेका छन् । उनले सन्देशमा भनेका छन्, ‘यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ ।’

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर रहन सबैमा आग्रह गरेका छन् । सातौँ संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले संविधानको रक्षा गर्दै यसले निर्दिष्ट गरेको दिशामा अघि बढ्न अग्रसर रहन आग्रह गरेका हुन् । संविधानले सार्वभौमसत्ता सम्पन्न तुल्याएका जनता नै जनार्दन भएकाले एमालेको निष्ठाको सार नै जनतालाई जनार्दन बनाउने सङ्कल्प रहेको सन्देशमा उल्लेख गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको संविधान कार्यान्वयनमार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष नेपालले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न आआफ्नो तर्फबाट इमान्दार प्रयास गर्न सबैमा आह्वान गरेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ७ : ५९ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको