१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

बैतडीमा अनन्त चतुर्दशीको मेला सम्पन्न



बैतडी । बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा भव्य मेला लागेको छ । हरेक वर्ष निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा पूजाआजासहित जात्रा लाग्ने गर्छ ।

निङ्गलाशैनी भगवती मन्दिरमा अन्य जात्राको समयमा बलि चढाइने भए पनि यो जात्रामा बलि नचढाइने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए ।

तीन दिनअघिदेखि मेला सुरु भई पूर्णिमाको बिहान मेला सकिने बोहराले जानकारी दिए । यस मेलामा सोराड र बैतडी सदरमुकाम क्षेत्रबाट दर्शनार्थी आउने गरेको उनले बताए ।

यस जात्रालाई स्थानीय भाषामा ठूली जात भन्ने चलन रहिआएको छ । जात्राको अवसरमा ठाडो खेल, देउडा खेललगायतका सांस्कृतिक खेल पनि हुने गरेका छन् । अनन्त चतुर्दशीको मेला भाद्र शुक्ल त्रयोदशीबाट सुरु भएर पूर्णिमाका दिन सकिन्छ ।

मेलामा दिनरात मन्दिरमा जाग्राम बस्ने भक्तजनको समेत घुइँचो लाग्ने गर्छ । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको स्थानीय बहादुर बोहराले बताए ।

बिगतमा निकै चहलपहल हुने जात्रामा यसपालि कोरोनाको प्रकोपका कारण भिडभाड कम गर्न अस्थायी पसलहरू थाप्न रोक लगाएको छ भने मदिरा निषेधित क्षेत्र घोषणा गरिएको दशथचन्द नगरपालिका-२ का वडा अध्यक्ष रनबहादुर बोहराले बताए । मेलामा आउने भक्तजनका लागि मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ६ : ५८ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम