२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

शारीरिक अपाङ्गता भएका व्याक्तिलाई बाख्रा पालन तालिम



बुटवल । शारीरिक अपाङ्गता भएका व्याक्तिहरुको लागि रुपन्देहीमा ५ दिने व्यवसायीक बाख्रा पालन तालिम सुरु भएको छ ।

राष्ट्रिय शाररिक अपाङ्ग संघ नेपाल र राष्ट्रिय शारीरिक अपाङ्गता संघ रुपन्देहीको आयोजना र सिलोम सेन्टर फर द ब्लाईन्ड कोरियाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।

राष्ट्रिय शारीरिक अपाङ्गता संघका अध्यक्ष किरण सिल्पकारको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका उप प्रमुख गुमादेवी आचार्यको प्रमुख आतिथ्यातमा तालिम शुरुवात गरिएको छ । कार्यक्रममा बोल्दै उप प्रमुख आचार्यले अपाङ्गता हुदैमा कोही पनि कमजोरी वा अभागी नहुने भन्दै उचित सिप र परिश्रममले नमुना उद्यमी बन्न सकिने बताईन ।

उनले यसको लागि स्थानिय सरकार जहिले पनि तयार रहेको भन्दै यसमा सहकार्य गरी उद्यमशिलता बनाउने अभियानमा आफु जहिले पनि लागिपरेको बताईन ।

कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष रमा ढकालले अपाङ्गता भएका व्याक्तिहरुले केही पनि गर्न सक्दैनन, उनीहरु समाजका बोझ मात्रै हुन भन्ने परम्परागत सोँचलाई परिर्वतन गर्न आवश्यक रहेको बताईन । उनले सिप सिकेर समाजमा उदाहरणीय पात्र बन्नको लागि समेत आग्रह गरिन ।

बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र शुद्धोधन गाउँपालिका गरी ३ पालिकाका २० जना शाररिक अपाङ्गता भएका व्याक्तिहरुको तालिममा सहभागीता रहेको छ । कार्यक्रममा राष्ट्रिय शाररिक अपाङ्गता संघ रुपन्देहीका अध्यक्ष कल्पना ढकाल, रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जिसी लगायतको सहभागीता रहेको थियो ।

पावती न्यौपानेको सञ्चालनमा रहेको कार्यक्रमको ५ दिन सम्म प्रशिक्षक सुमन भट्राई, विष्णु प्रसाद रिमाल लगायतले सहजीकरण गर्ने छन् । संस्थाले प्रति परिवार २०÷२० हजार रुपैयाँ बाख्रा खरिदको लागि आर्थिक सहयोग समेत गरेको छ भने आवश्यक दाना समेत प्रदान गरेको छ ।

 

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ७ : ३७ बजे

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे

कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज