७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमाले अध्यक्ष ओलीद्वारा दायर रिटमाथिको सुनुवाइ न्यायाधीसद्वय कार्की र चुडालको इजलासमा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र नेकपा एकीकृत समाजवादी विरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

न्यायाधीसद्वय दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो । पार्टीले निस्काशन गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै ओलीले सभामुख सापकोटा विरुद्ध रिट दायर गरेका थिए ।

सभामुख सापकोटाले १४ सांसदलाई पदमुक्त गरेको सूचना नियतवस नटाँसेर पार्टी फुटाल्ने मतियार बनेको आरोप लगाएका छन् । तीनै निस्काशित व्यक्तिको सनाखत गरे.र नयाँ दल दर्ता गरेको भन्दै निर्वाचन आयोगलाई र एकीकृत समाजवादीलाई पनि विपक्षी बनाइएको छ ।

ओलीको पक्षमा अन्तरिम आदेश जारी भएमा एकीकृत समाजवादीमा रहेका माधवकुमार नेपालसहित १४ जना सांसदको पद गुम्नेछ । अन्तरिम आदेश जारी नभएमा भने उनीहरुलाई राहत मिल्नेछ ।

अदालतमा मुद्दा दायर गरेको एमालेले १४ सांसदलाई कारवाही नगरेको भन्दै संसदभित्र सभामुख सापकोटाको विरुद्ध निरन्तर रोष्टम घेराउ गरिरहेको छ ।

 

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ११ : ०७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई