६ चैत्र २०८०, मंगलबार | March 19, 2024

एमालेको चर्को नारावाजीका बीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको चर्को नारावाजी र रोष्टम घेराउका बीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएको छ । एमालेको नारावाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले बहुमतले बजेट पारित भएको बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक बहुमतले पारित भएको हो । यससँगे २०७८/०७९ को बजेट पारित भएको छ । बजेट पारित भएसँगै अब सरकारलाई खर्च गर्ने बाटो खुलेको छ । गत भदौ ३० गते अघिल्लो आर्थिक अध्यादेशको समय सकिएको थियो । त्यससँगै सरकारलाई धुकुटीबाट खर्च गर्न बन्देज लागेको थियो ।

विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले पूर्ववर्ती सरकारले ल्याएको बजेटमा तीन प्रतिशत बजेट मात्रै हेरफेर गरिएको तथा राष्ट्रहित र जनआकाङ्क्षालाई प्राथमिकतामा राखेर बजेट व्यवस्था गरिएको बताएका थिए ।

प्रतिनिधिसभाबाट पारित विनियोजन विधेयक राष्ट्रियसभामा जानेछ । राष्ट्रियसभाले पारित गरेपछि विधेयक कार्यान्वयनमा आउनेछ ।

अर्थमन्त्री शर्माले गत भदौ २५ गते चालू आर्थिक वर्षका लागि अघिल्लो अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटलाई संशोधन गर्दै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १२ : २४ बजे

महाधिवेशन तयारीमा जुट्न अध्यक्ष नेपालको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

भारतीय हात्तीले आफना मरेका छावालाई गाड्ने गरेको खुलासा : अध्ययन

न्युयोर्क। भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका आफ्ना

ग्रामीण भेगका महिलामा पाठेघरको समस्या अधिक

महोत्तरी । महोत्तरीको ग्रामीण भेगका धेरै महिला पाठेघारको समस्याबाट पीडित

माओवादी पदाधिकारीको बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ

५० वर्षपछि सबैभन्दा लामो सुर्यग्रहण यसपटक

काठमाडौं । अप्रिल ८ मा हुन लागेको सूर्यग्रहण धेरै हिसाबले