६ असार २०८१, बिहिबार | June 20, 2024

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडकमा सवारी दुर्घटना, एक जनाको मृत्यु



सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१४च ६२७९ नंको पिकअप भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना३७प ३८९४ नंको मोटरसाइकल एकापसमा ठोक्किएको हो ।

सो दुर्घटनामा परी मोटरसाइकल चालक जिल्ला पर्सा जिरा भवानी गाउँपालिका– ३ बस्ने ३७ वर्षीय शिवशक्ति चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

दुर्घटनामा घाइते भएका चौधरीको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १० : ३० बजे

सूर्य नेपाल प्रिमियर गल्फको तेस्रो दिन सुवास शीर्षस्थानमा, भुवन र दिनेश एक स्ट्रोकले पछि

काठमाडौ । डिफेन्डिङ च्याम्पियन सुबाश तामाङले ५-अन्डर ६७ को स्कोर

Monsoon to escalate nationwide by Sunday

Kathmandu: This year’s monsoon that has already entered the country

सहकारी क्षेत्रको समस्या समाधानका लागि प्राधिकरण गठनको तयारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले

गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी आरोपमा टेकु प्रहरीमा जाहेरी

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी

बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्पेलेक्समा भीषण आगलागी (तस्वीर र भिडियोसहित)

बुटवल । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आगलागी भएको छ