२१ चैत्र २०८२, शनिबार | April 4, 2026

केपी ओलीको मुद्दाको सुनुवाइ आज पनि, माधव नेपालसहित १४ सांसदको भविष्य कोरिँदै



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख, निर्वाचन आयोग र एकीकृत समाजवादी विरुद्ध दायर रिटमाथि आज पनि सुनुवाइ हुँदैछ ।

माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त नगरेको र तिनै सांसदहरुको सनाखतमा नयाँ पार्टी दर्ता गराएको भन्दै ओलीले रिट दायर गरेका थिए ।

सो रिटमाथि सोमबार न्यायाधीसद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा बहस भएको थियो । तर हिजो उक्त मुद्दा ’हेर्दा हेर्दै’ मा राखिएको थियो। आज पक्ष विपक्षको बहस सकिएपछि इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने सुनुवाइ गर्नेछ ।

अन्तरिम आदेश जारी भएमा नेपालसहित १४ सांसदको पद गुम्ने अवस्था आउनेछ । यस्तै एकीकृत समाजवादीको वैधानिकतामै प्रश्न उठ्नेछ ।

नेकपा एमालेले १४ सांसदलाई पदमुक्त गर्न सूचना टाँस नगरेको भन्दै सभामुख विरुद्ध संसदमा आन्दोलन गरिरहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १० : ४९ बजे

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा

बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ । व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा