२९ बैशाख २०८३, मंगलबार | May 13, 2026

मुस्ताङमा नयाँ प्रजातिका चरा



मुस्ताङ । मुस्ताङमा नयाँ प्रजातिको चरा भेटिएको छ । लोमान्थाङ गाउँपालिका–५ केकीघाङमा ‘इउरोपियन रोलर’ जातको चरा भेटिएको हो । अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)को जोमसोमस्थित इलाका संरक्षण कार्यालयका प्रमुख संरक्षण अधिकृत ऋषि बरालले यो चरा नेपालमै पहिलो पटक लोमान्थाङमा भेटिएको बताए ।

“एक्याप लोमान्थाङका कर्मचारी रामबहादुर गुरुङले तीन हजार ७८१ मिटरको उचाइबाट गत भदौ १३ गते खिच्नुभएकोे सो चरा चराविद् डा हेमसागर बराल र सोम जिसले इउरोपियन रोलर भएको पुष्टि गर्नुभएको हो,” संरक्षण अधिकृत बरालले भने, “विदेशी चराविद् टिम् इन्स्कीप र क्यारोल इन्स्कीपले पनि यो चरा नेपालका लागि नयाँ भएको प्रमाणित गरेका छन् ।”

केकीघाङमा नयाँ प्रजातिको चरा देखेर तस्बिर खिचेको तीन दिनपछि पनि ती चरा त्यही भेटिएको कर्मचारी गुरुङले बताए । “लोमान्थाङदेखि करिब ८०० मिटर पूर्व खेतको पर्खालमा पहिलो पटक दिउँसो १।११ बजे सो चराको तस्बिर खिचेको थिएँ,” उनले भने “दोस्रो पटक पिपलको रुखमा बसेका बेला बिहान १० बजे तस्बिर खिचेको थिएँ ।”

नयाँ चरा देखिएपछि संरक्षण अधिकृत बरालले थप पुष्टिका लागि चराविद्लाई पठाउनुभएको थियो । भँङ्गेराभन्दा केही ठूला इउरोपियन रोलरको पखेटा खैरो, खुट्टासँगैको भाग निलो र घाँटी तथा टाउकोमा खैरो र सेतो मिसिएको प्वाख हुन्छ । कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दी जिल्ला समेटिएको एक्यापभित्र यसअघि ५१८ प्रजातिका चरा भेटिएका थिए ।

स्वास्थ्य क्षेत्रमा काम गर्नुहुने गुरुङ चरामा पनि रुचि देखाउँछन् । जहाँ जाँदा पनि क्यामेरा लिएर हिँड्ने क्रममा नयाँ जातको चराको तस्बिर खिच्न सफल हुनुभएका उहाँ त्यसबखत छोजुङ गुम्बामा वैकल्पिक पदमार्ग अध्ययनका लागि स्थानीयवासीसँग जाँदै थिए ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १२ : ४२ बजे

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

बुटवलबाट कछुवा सहित एकजना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट जिउँदो कछुवा सहित एक जनालाई

ज्ञानोदय नमुना माबिबाट ८३.९३ प्रतिशत विद्यार्थी ग्रेडेड, झरनाले ल्याइन ४ जिपिए

खजुरा । बाँकेको सामुदायिक विद्यालय मध्यको अब्बल मानिएको खजुराको ज्ञानोदय

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ । करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला