२५ असार २०८३, बिहिबार | July 9, 2026

पूर्वी चितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए



चितवन । पूर्वी चितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन् ।

बर्ड एजुकेशन सोसाइटी र नेपाल पन्छीविद् सङ्घको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका तालतलैया र नदीनालामा गणना गरिएको थियो ।

गत वर्ष नभेटिएका दुई प्रजातिका चरासमेत यसपटक भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटीका कार्यक्रम संयोजक चराविज्ञ बासु बिडारीका अनुसार यसपालि कालो टाउके गङ्गाचिल र राजा गङ्गाचिल देखिएका हुन् । गत वर्ष भेटिएका सबै प्रजातिका चरा यसपापलि पनि भेटिएको उनले बताए। गत वर्ष ५३ प्रजतिका चरा देखिएका थिए ।

यस वर्ष लोथरबाट दरै बोटेताल, गैडहवा (जिन्दगानी घाट)बाट सौराहाघाट, सौराहाघाटबाट कसरा पुल, तमोर ताल, लामी ताल, बीस हजार ताल र यससँग सम्बन्धित ताल भण्डारा माछापोखरी, बुढी राप्ती ढुङ्गरे खोला, पटना ताललगायत पूर्वीचितवनको सिमसारमा गरिएको थियो । बिडारीले दुई दिन भएको गणनामा सात हजार एक सय ५० चरा समावेश भएको जानकारी दिए । तीमध्ये चार हजार एक सय सात चखेवाचखेवी रहेको उनले बताए ।

अघिल्लो वर्ष सात हजार पाँच सय १७ चरा समावेश भएका थिए । अघिल्लो वर्षभन्दा चखेवाचखेवीको सङ्ख्या घटेको हो । अघिल्लो वर्ष चार हजार तीन सय चार भेटिएको उनले बताए। सौराहाघाटबाट कसराघाटसम्म ४१ प्रजाति भेटिएका छन् । यस्तै, लोथरबाट जिन्दगानी घाटसम्म दुई, जिन्दगानी घाटबाट सौराहाघाटसम्म २५, बीस हजार तालमा ३०, बुढीराप्तीमा २६, ढुङ्गरे खोलामा २४, मत्यविकास केन्द्रमा १८, लामी तालमा १६, पटना तालमा १२ र तमोर तालमा चार प्रजातिका चरा भेटिएको उनले बताए ।

सात हजार एक सय ५० चरा समावेश हुँदा पानि हाँसमात्र चार हजार एक सय सातवटा समावेश भएको उहाँले बताउनुभयो । जलकौवा सानु एक सय १७ र ठूलो चार सय ६० वटा गणनामा समावेश भएका छन् । बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्षसमेत रहेका बिडारीले प्रदूषण, नदीजन्य पदार्थ उत्खनन र बढ्दो मानवीय चहलपहलका कारण जलपन्छीको सङ्ख्या घट्दै गएको बताए । “जलेवा चरा बढेका छन् । चखेवाको सङ्ख्या उस्तैउस्तै छ”, बिडारीले भने।

प्रदूषण कम भएको क्षेत्रमा तुलनात्मक रूपमा धेरै चरा र वन्यजन्तु भेटिएको उनको भनाइ छ । सोसाइटीले सन् १९८७ देखि चरा गणना गर्दै आएको छ । नेपाललगायत पूर्वी एसियाका ३५ देशमा प्रत्येक वर्ष अङ्ग्रेजी वर्षको जनवरीमा पानी चरा गणना गरिँदै आएको छ । सोसाइटीले हाल जाडो यामका पानीचरा गणना गरेको हो । चितवनमा छ सय ५२ प्रजाति चरा पाइने उहाँले बताउनुभयो । त्यसमध्ये यस वर्ष जिल्लामा एक सय ५९ प्रजाति भेटिए । पानीमा मात्र आश्रित ५५ प्रजाति रहेको उहाँले बताए ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ९ : ५१ बजे

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको