५ पुस २०८२, शनिबार | December 20, 2025

माओवादीले वडादेखि केन्द्रसम्मै निर्वाचनमार्फत नेतृत्व चयन गर्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रसम्म निर्वाचनमार्फत नेतृत्व चयन गर्नेभएको छ ।

माओवादीले वडादेखि केन्द्रीय समिति सदस्यसम्मको नेतृत्व निर्वाचनमार्फत चुनिएर आउने गरी कार्यविधि बनाएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको माओवादी केन्द्रले नेतृत्व चयनको कार्यविधि बनाएको हो ।

वडा, निर्वाचन क्षेत्र (प्रदश र संघ), जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाइएको माओवादी केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुनले जानकारी दिए । राष्ट्रिय सम्मेलन अघि नै तल्ला कमिटीको नेतृत्व चयन भैसक्ने नेता पुनले बताए । यसरी नेतृत्व चयन हुँदा २ लाख ८५ हजार जना चुनिनेछन् ।

माओवादीले निर्वाचन कार्यविधिमा पार्टी अध्यक्ष र पदाधिकारीको चयन पनि निर्वाचनबाटै गर्ने उल्लेख गरेको छ । यद्यपी, माओवादीभित्र अझै लामो समय अध्यक्ष प्रचण्डको विकल्पको कुनै सम्भावना देखिँदैन । प्रचण्ड स्वयंले नेतृत्वबाट पछि हट्ने निर्णय नगरेसम्म उनको विकल्पबारे माओवादीका नेताहरुले कुनै सोचाईसम्म पनि बनाएका छैनन ।

सोमबार निर्वाचन समितिको भर्चुअल अभिमुखिकरण बैठक बसेको थियो । सो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुने जानकारी गराउँदै त्यसैअनुसार तयारीमा जुट्न मातहत कमिटीलाई निर्देशन दिएका थिए। सो बैठकमा १ सय ८० केन्द्रीय सदस्य, ७ भौगोलिक र ३ गैरभौगोलिक गरी १० प्रदेशका प्रदेश निर्वाचन समितिका ५५ जना सहभागी थिए ।

बैठकमा निर्वाचन नियमावली, कार्यविधि र आचारसंहिताबारे केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले प्रशिक्षण दिएका थिए।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १ : ०४ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन