७ आश्विन २०८३, बुधबार | September 23, 2026

माधव नेपालले लगाए केपी ओलीलाई केशरजङ रायमाझी बनेको आरोप, आफ्नो साथ छाड्ने नेताबारे मौन (राजनीतिक प्रतिवेदनको पूर्णपाठ)



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो साथ छाडेका १० नेताहरुका सम्बन्धमा मौन बस्दै एमाले अध्यक्ष केपी ओलीलाई मात्र दोषरोपण गर्दै केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् । अध्यक्ष नेपालले केन्द्रीय कमिटीमा पेश गरेको राजनीतिक प्रतिबेदनमा एमाले अध्यक्ष ओलीको चर्को आलोचना गरिएको छ ।

पार्टी एक हुन नसक्नुको एउटै कारण ओलीको सर्वसत्तावाद भएको ठहर गर्दै ओलीको निरंकुश र व्यक्तिवादी शैली प्रमुख कारण रहेको प्रतिवेदनमा निष्कर्ष निकालिएको छ । प्रतिवेदनमा ओलीकै कारण वाम गठबन्धन, झण्डै दुई तिहाइ जनमत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भंग हुनु देखि एमालेको एकता समेत नजोगिएको उल्लेख गरिएको छ ।

एकिकृत समाजवादीका अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदनमा पार्टी विभाजन नभएर विद्रोह गरेको दावी गरेका छन् । कम्युनिष्ट आन्दोलन जोगाउन एमालेबाट अलग हुनु परेको तर्क गर्दै प्रतिवेदनमा नेपाली कम्युनिष्ट आन्दोलनमा विगतमा पनि यस्ता विद्रोह भएको स्मरण गरिएको छ । केशरजंग रायमाझीसँग कम्युनिष्ट पार्टीकै संस्थापक पुष्पलालले विद्रोह गरेर आन्दोलन जोगाएको प्रतिवेदनमा उल्लेख छ ।

नेपालपक्ष छाडेर ओली पक्षमा विलय भएका नेताहरुले अगाडि सारेका दशबुँदे सहमतिलाई प्रतिवेदनमा प्रतिनिधि सभाको विघटनसम्बन्धी मुद्दालाई प्रभावित नाटकको संज्ञा दिईएको छ । ‘केपी ओली पक्षले २०७८ असार २७ गते राति दशबुँदे सहमति गर्नुको मूल ध्येय २८ गतेलाई पेशी तोकिएको अदालतमा विचाराधीन प्रतिनिधि सभाको विघटनसम्बन्धी मुद्दालाई प्रभावित गर्नु थियो । वार्ता त फगत नाटक मात्र थियो । अल्मल्याउने र फसाउने चाल मात्र थियो ।’ प्रतिवेदनमा लेखिएको छ, -‘केशरजङ रायमाझीले पार्टीलाई दक्षिणपन्थी अवसरवादको दिशामा लगेको बेला कमरेड पुष्पलाल लगायतका नेताहरूले विद्रोह गरेर पार्टी पुनर्गठन गरी आन्दोलनको रक्षा गर्नु भएको थियो । मोहनबिक्रम सिंह लगायतका नेताहरूले पनि विद्रोह गरेर नै पुनर्गठन अभियान चलाउनुभएको थियो ।’

केन्द्रीय कमिटीमा पेश भएको राजनीतिक प्रतिवेदनको पूर्णपाठ :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/09/Pratiwedan-of-com.Madhavkumar-Nepal.pdf” title=”Pratiwedan of com.Madhavkumar Nepal”]

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ९ : ४१ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११