५ पुस २०८२, शनिबार | December 20, 2025

एकीकृत समाजवादीको बैठक भोलिसम्म स्थगित



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को जारी पहिलो केन्द्रीय कमिटी बैठक भोलिसम्म स्थगित भएको छ ।

हिजोदेखि जारी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ ।

बिहीबार बिहान ११ बजे पुनः बस्ने बैठकले महासचिवको टुंगो लगाउने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताएका छन् । यस्तै, स्थायी कमिटी र पोलिटव्यूरोलाई पनि अन्तिम रुप दिनेछ ।

केन्द्रीय कमिटी बैठकले पार्टीको चुनाव चिन्हबारे छिट्टै टुंगो लगाउने निर्णय गरेको छ । यसैगरी पार्टीको वैचारिक मुखपत्र समाजवाद’ प्रकाशन गर्ने पनि निर्णय गरेको छ ।

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनको बैठकमा भाग लिनुपर्ने भएका कारण आजको बैठक स्थगित भएको हो ।

 

 

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ४ : ५५ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र