७ पुस २०८२, सोमबार | December 22, 2025

खाद्य कम्पनीको प्रादेशिक गोदाम सिल



सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णाली पठाएको चामलको गुणस्तरमा प्रश्न उठेपछि सिल गरिएको छ ।

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालयले कम्पनीको प्रादेशिक गोदाममा रहेको झण्डै दुई हजार क्विन्टल चामल सिल गरेको हो । कार्यालयले जिल्ला प्रशासन, प्रहरी प्रतिनिधिका साथै उपभोक्ता अधिकारकर्मीको रोहबरमा नमूना सङ्कलन गरेको छ ।

डिभिजन कार्यालयका प्रमुख खाद्य निरीक्षक भेषबहादुर थापाले सङ्कलित नमूना प्रयोगशाला पठाइने जानकारी दिए । प्रयोगशालाबाट परीक्षण रिपोर्ट नआउञ्जेल कम्पनीलाई उक्त चामल बिक्रीवितरणमा रोक लगाइएको छ ।

कम्पनीको केन्द्रीय गोदामबाट कर्णाली प्रदेशका लागि पठाएकोमध्ये हाल मौज्दात एक हजार ९७५ क्विन्टल बासमती चामल सिल गरिएको हो ।

सिल गरिएको चालमको प्याकिङ २०७८ वैशाख २२ गते उल्लेख छ । प्याकिङ मितिको दुई वर्षसम्म चामल खानयोग्य मानिन्छ ।

म्याद गुज्रेको, कुहिएको चामल कर्णाली पठाएको भन्ने चर्चा चलेपछि खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले आज अनुगमन गरेको हो ।

खाद्य निरीक्षक थापाले यसअघि खाद्य प्रविधि विभागले ‘खान अयोग्य’ भनी सिफारिस गरेको चामल नष्ट गरिएको हो वा होइन भन्नेबारे विभागले नै छानबिन गर्ने बताए ।

‘हामीले नमूना सङ्कलन गरी केन्द्रीय प्रयोगशालामा पठाउने हो, प्रयोगशालाले गुणस्तरबारे रिपोर्ट दिएपछि मात्रै गुणस्तरबारे थाहा हुन्छ,’ उनले भने, ‘विभागले नष्ट गर्नु भनेकै चामल खाद्य कम्पनीले यहाँ पठाएको हो कि होइन छानबिनबाट पनि पत्ता लाग्छ ।’

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ७ : ५९ बजे

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि