५ पुस २०८२, शनिबार | December 20, 2025

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।
कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले दिउँसो ३ बजे पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्न लागेको पुष्टि गरे ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, पार्टीको १४ औँ महाधिवेशन, क्रियाशील सदस्यता लगायतका विषयमा छलफल हुने जनाइएको छ । कांग्रेस पदाधिकारीको बैठक बुधबार पनि बसेको थियो ।

बुधबारको बैठकले नेपाली कांग्रेसले आसन्न १४ औँ महाधिवेशन अन्तर्गतको पालिकाको अधिवेशन निर्धारित मितिमै आयोजना गर्ने निर्णय गरेको थियो ।

सरकार विस्तार गर्न ढिलाइ हुँदा कांग्रेस र पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना भइरहेको छ। सरकार विस्तारको लागि कांग्रेसभित्रको रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाको समूहले आफ्नो भागमा कतिवटा मन्त्रालयको संख्या हो प्रस्ट पार्न पार्टी सभापति एवं प्रधानमन्त्री देउवालाई दबाब दिँदै आएका छन्।

 

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  १० : ३० बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र