२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

३ महिने सिलाईकटाई तालिम सम्पन्न



बुटवल । घरायसी कामकाजमा ब्यस्त रहने महिलाहरुलाई लक्षित गरि देवदहमा आयोजना गरिएको ३ महिने निशुल्क सिलाइकटाइ तालिम सम्पन्न भएको छ ।

देवदह नगरपालिकास्थित श्री चेली कृषि सहकारी सस्थाको आयोजनामा रोटरी क्लब अफ बुटवल डाउनटाउनको सहयोग भएको कार्यक्रमको नगरउपप्रमुख विद्या लक्ष्मी गुरुङले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिममा सिकेको सिपलाई ब्यवसायिक रुपमा ब्यवहारमा लागू गर्न सुझाव दिईन ।

महिलाहरु आर्थिक रुपमा बलियो नभएसम्म सधै समाजमा समानता नआउने भन्दै उनले स्थानिय सरकार समेत महिला स्ववलम्बन, जागरणका योजनालाई प्राथमिकता दिएको दाबी गरिन ।

रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष जबिन कक्षपतीले क्लबको नियमित वार्षिक कार्यक्रम अन्तरगत यो वर्ष पनि महिला स्वरोजगारमुलक सीप तालिम गरिएको बताए ।

प्रत्येक वर्ष क्लबबाट दुई दर्जन बढि महिलाहरुलाई तालिम दिदै आएको उनले बताए । संस्थाका अध्यक्ष साबित्रा बस्याल, उपाध्यक्ष कमला हमालले तालिमसंगै आयआर्जनमा सहजता मिल्ने बताए । तालिम सहकारी संस्थाको भवनमा असार ५ गतेबाट शुरु भएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ८ : ११ बजे

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभामा सांसद कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारी

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न

‘हेलो सरकार’ एकीकृत सेवा व्यवस्थापन प्रणालीमा रुपान्तरण हुँदै

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासा सुनुवाइ प्रभावकारी

उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना

काठमाडौं । काठमाडौं उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने