५ पुस २०८२, शनिबार | December 20, 2025

३ महिने सिलाईकटाई तालिम सम्पन्न



बुटवल । घरायसी कामकाजमा ब्यस्त रहने महिलाहरुलाई लक्षित गरि देवदहमा आयोजना गरिएको ३ महिने निशुल्क सिलाइकटाइ तालिम सम्पन्न भएको छ ।

देवदह नगरपालिकास्थित श्री चेली कृषि सहकारी सस्थाको आयोजनामा रोटरी क्लब अफ बुटवल डाउनटाउनको सहयोग भएको कार्यक्रमको नगरउपप्रमुख विद्या लक्ष्मी गुरुङले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिममा सिकेको सिपलाई ब्यवसायिक रुपमा ब्यवहारमा लागू गर्न सुझाव दिईन ।

महिलाहरु आर्थिक रुपमा बलियो नभएसम्म सधै समाजमा समानता नआउने भन्दै उनले स्थानिय सरकार समेत महिला स्ववलम्बन, जागरणका योजनालाई प्राथमिकता दिएको दाबी गरिन ।

रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष जबिन कक्षपतीले क्लबको नियमित वार्षिक कार्यक्रम अन्तरगत यो वर्ष पनि महिला स्वरोजगारमुलक सीप तालिम गरिएको बताए ।

प्रत्येक वर्ष क्लबबाट दुई दर्जन बढि महिलाहरुलाई तालिम दिदै आएको उनले बताए । संस्थाका अध्यक्ष साबित्रा बस्याल, उपाध्यक्ष कमला हमालले तालिमसंगै आयआर्जनमा सहजता मिल्ने बताए । तालिम सहकारी संस्थाको भवनमा असार ५ गतेबाट शुरु भएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ८ : ११ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र