२० माघ २०८२, मंगलबार | February 4, 2026

यस्तो छ काठमाडौं प्रहरीको चाडवाड सुरक्षा योजना



काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंतिहारलगायतका चाडवाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ । परिसर काठमाडौंले बनाएको सुरक्षा योजनामा चाडवाडका लागि प्रहरी परिचालनदेखि चेकप्वाइन्ट राख्ने र व्यक्तिका घरको सुरक्षा गर्ने योजनासम्म समावेश छ ।

यस्तै, प्रहरीले दसैंमा लामो समयसम्म घर छाड्ने भए विश्वासिला व्यक्तिलाई जिम्मा लगाएर वा नजिकको प्रहरीलाई खबर गरेर जान पनि आग्रह गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले काठमाडौंमा दसैंतिहार लक्षित गर्दै करिब ५ हजारको संख्यामा प्रहरी परिचालन गरिने जानकारी दिए । उनका अनुसार सादा पोसाकमा समेत प्रहरी परिचालन गरिनेछ ।

यस्तै, भीडभाड हुने क्षेत्रमा सादा पोसाकमा समेत प्रहरी परिचालन हुनेछ । यसैगरी, घरबेटीहरूलाई भाडामा बस्ने र काम गर्नेहरूको नाम, ठेगानासहितका फोटोसहितको स्थायी विवरण विस्तृत रूपमा राख्न आग्रह गरिएको छ । चाडपर्व नजिकिँदै गर्दा चोरी, डकैती, लुटपाटलगायत आपराधिक कार्य हुन सक्ने भएकाले परिसरले सचेत हुन समेत सबैमा आग्रह गरेको छ । यस्तै, जुवा, तास, ढुकुटी खेल्ने, खेलाउनेकाबारे जानकारी भए प्रहरी प्रहरीलाई सूचना दिनसमेत भनिएको छ ।

यस्तै, कुनै पनि टोलमा असामान्य व्यक्ति पटक९पटक देखिए निगरानी राख्नसमेत प्रहरीले अनुरोध गरेको छ भने रातिको समयमा आफ्नो घर, टोलमा हिँड्ने व्यक्तिको गतिविधि शंकास्पद लागे पनि प्रहरीलाई खबर गर्न भनिएको छ ।

यसैगरी, सार्वजनिक स्थलहरूमा धुमपान मद्यपान गर्ने कार्यलाई निरुत्साहित गर्न, लागूऔषध तथा नशालु पदार्थ सेवन तथा वेचबिखन गर्ने कोही व्यक्ति देखिए जानकारी दिनसमेत आग्रह गरिएको छ ।

यस्तै, रातको समयमा घरको ढोका कसैले ढक्ढकाए सो व्यक्तिलाई नचिनेसम्म नखोल्न भनिएको छ भने अपरिचित व्यक्तिले दिएका कुनै पनि खानेकुरा नखान भनिएको छ । रातको समयमा घरका ढोका झ्याल राम्रोसँग लगाएर सुत्न भनिएको छ ।

यसैगरी, बैंक तथा वित्तीय संस्थामा ठूलो नगद कारोबार गर्न जाँदा विश्वासिलो व्यक्तिलाई साथमा लैजान, सार्वजनिक स्थानमा हिँड्दा सुनका गरगहना प्रयोग नगर्न, धम्कीपूर्ण फोन आए सम्भव भएसम्म रेकर्ड गर्न भनिएको छ ।

यस्तै, जुवा, तास, ढुकुटी खेल्ने, खेलाउनेहरूका बारे जानकारी भए प्रहरी प्रहरीलाई सूचना दिनसमेत भनिएको छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ६ : ५१ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको