७ श्रावण २०८३, बिहिबार | July 23, 2026

एकीकृत समाजवादीमा नेता मिलाउन पदैपद



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी र पार्टी संरचना जम्बो बनाएको छ। नेता व्यवस्थापन गर्न ७ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ४ सचिव चयन गरेको छ ।

केन्द्रीय कमिटीको बिहीबार सम्पन्न बैठकले पदाधिकारी र पार्टी संरचनाबारे निर्णय गरेको हो । पार्टीको केन्द्रीय कमिटी ३ सय १ सदस्यीय बनाइएको छ । नेता व्यवस्थापनमा हम्मे-हम्मे परेपछि पार्टीमा नयाँ ‘नेता’ पदसमेत सिर्जना गरिएको छ । उक्त पद मुकुन्द न्यौपानेलाई दिइएको छ ।

महासचिव बेदुराम भुसाल बनेका छन् भने उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेशकुमार हमाललाई चयन गरिएको छ । पुराना नेता घनेन्द्र बस्नेत र केदार न्यौपाने पनि उपाध्यक्ष चयन भएका छन । सचिवमा बस्न नमानेपछि केशवलाल श्रेष्ठलाई पनि उपाध्यक्ष बनाइएको छ । सुरुमा ४ उपाध्यक्ष राख्ने तयारी थियो । तर, आकांक्षी धेरै भएपछि उपाध्यक्ष नै सात जना बनाइएका छन । उपमहासचिवमा डा.विजय पौडेल, डा.गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन ।

यस्तै, सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र राजेन्द्र राई चयन भएका छन । सचिवमा प्रस्ताव गरिएका श्रेष्ठलाई उपाध्यक्षमा बढुवा गरियो भने राई पछि थप भएका थिए । पदाधिकारी चयनमै असन्तुष्टि व्यक्त भएपछि धेरै पद थप गरिएका थिए । वरिष्ठ नेतामा झलनाथ खनाललाई चयन गरिएको छ । तेस्रो वरियतामा ‘नेता’ न्यौपानेलाई राखिएको छ । पार्टीमा १८ जना पदाधिकारीको व्यवस्था गरिएको छ । स्थायी कमिटी ३१ सदस्य बनाइएको छ । पोलिटब्युरो ७१ सदस्यीय र केन्द्रीय कमिटी सदस्य (पूर्ण र वैकल्पिक गरी) जम्मा ३ सय १ सदस्यीय गठन गरिएको छ ।

बैठकले सातै प्रदेश तथा जिल्लामा इन्चार्जहरूको जिम्मेवारीसमेत तोकेको सचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । पार्टीका सम्पूर्ण तह तथा कमिटीमा महिला र युवाको एक तिहाइ सहभागिता गराउने निर्णय बैठकले गरेको छ । प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना, केन्द्रीय आयोग, विभाग, जनसंगठनको समेत आवश्यक प्रतिनिधित्व हुने गरी ७ सय १ सदस्यीय केन्द्रीय परिषद् हुनेछ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा सुरेन्द्र काफ्लेले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ७ : १९ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी