१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कांग्रेस १४ औं महाधिवेशन : रुपन्देहीमा पार्टीको आधिकारिक उम्मेद्वार भएको केसीको दावी



बुटवल । नेपाली कांग्रेस पार्टीको ९ गते सम्पन्न हुन गैरहेको १४ औ महाधिवेशन अन्तरगत बुटवल उपमहानगरपालिकामा रिता केसीले आफू पार्टीको आधिकारीक उम्मेदवार भएको दावी गरेकी छिन ।

नेपाली कांग्रेस पार्टीका सभापति तथा वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणको प्यानलबाट उनले उम्मेदवारी दिएकी छिन । काग्रेस पार्टीको संगठनलाई बलियो बनाउने लक्ष्यसहित उम्मेद्वार बनेको उनको दावी छ । नेपाली काग्रेसमा संगठन कमजोर हुदा यसअघिका निर्वाचनमा पार्टी पछि परेको गुनासो सुनिएको भन्दै यो समस्यालाई समाधान गर्न पनि अब आफु लाग्ने बताईन ।

रुपन्देहीका १६ स्थानीय तहमध्ये एउटा मात्र पालिकामा आफू नेतृत्व लिन ईच्छुक भएको उनले बताए । अन्तिम समयसम्म सहमतिका लागि तयार रहेको भन्दै उनले सभापति नछोड्ने बताईन । जिल्ला सभापति अब्दुल रजाक उपस्थितमा नै घोषणा सभा गरिएकाले पनि आफु आधिकारीक उम्मेबार भएको उनले बताईन ।

रुपन्देहीका अधिकास सामाजिक संघसस्थाहरुमा योगदान दिदै आएकी उनि मुक्ति एफ एम, राज्य टिभि, लुम्बिनी टिभि, साधना महिला विद्यालय धेरै संघसंस्थाहरुमा आवद्ध छिन । केसी प्यानलमा उपसभापतिमा नर बहादुर रजाली मगर, उपसभापति हरिलाल सुनार, सचिवमा सन्तोष पौडेल, सचिव जयप्रकाश भट्टराई, सहसचिवमा सुदन बासकोटा र सहसचिवमा गणेश घिमिरे उम्मेवारी घोषणा गरेका छन ।

यता उनको बिरुद्ध खेलराज पाण्डे नै पुन सभापतिमा उम्मेदबारी दिने घोषणा भएको छ । पाण्डे प्यानलमा उपसभापतिमा ज्योति भण्डारी, उपसभापति हितमान पुन, सचिव छापा पोखरेल, गंगा पन्थी, सहसचिव देवलाल अरगेली र सहसचिव पुरुषोत्तम खनालको उम्मेदवारी घोषणा भएको छ । नगरमा १९ वडाबाट ५ सय ६८ जना क्षेत्रिय प्रतिनिधिहरु निर्वाचनमा भाग लिदैछन ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ३ : ३३ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान