१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

कांग्रेस १४ औं महाधिवेशन : रुपन्देहीमा पार्टीको आधिकारिक उम्मेद्वार भएको केसीको दावी



बुटवल । नेपाली कांग्रेस पार्टीको ९ गते सम्पन्न हुन गैरहेको १४ औ महाधिवेशन अन्तरगत बुटवल उपमहानगरपालिकामा रिता केसीले आफू पार्टीको आधिकारीक उम्मेदवार भएको दावी गरेकी छिन ।

नेपाली कांग्रेस पार्टीका सभापति तथा वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणको प्यानलबाट उनले उम्मेदवारी दिएकी छिन । काग्रेस पार्टीको संगठनलाई बलियो बनाउने लक्ष्यसहित उम्मेद्वार बनेको उनको दावी छ । नेपाली काग्रेसमा संगठन कमजोर हुदा यसअघिका निर्वाचनमा पार्टी पछि परेको गुनासो सुनिएको भन्दै यो समस्यालाई समाधान गर्न पनि अब आफु लाग्ने बताईन ।

रुपन्देहीका १६ स्थानीय तहमध्ये एउटा मात्र पालिकामा आफू नेतृत्व लिन ईच्छुक भएको उनले बताए । अन्तिम समयसम्म सहमतिका लागि तयार रहेको भन्दै उनले सभापति नछोड्ने बताईन । जिल्ला सभापति अब्दुल रजाक उपस्थितमा नै घोषणा सभा गरिएकाले पनि आफु आधिकारीक उम्मेबार भएको उनले बताईन ।

रुपन्देहीका अधिकास सामाजिक संघसस्थाहरुमा योगदान दिदै आएकी उनि मुक्ति एफ एम, राज्य टिभि, लुम्बिनी टिभि, साधना महिला विद्यालय धेरै संघसंस्थाहरुमा आवद्ध छिन । केसी प्यानलमा उपसभापतिमा नर बहादुर रजाली मगर, उपसभापति हरिलाल सुनार, सचिवमा सन्तोष पौडेल, सचिव जयप्रकाश भट्टराई, सहसचिवमा सुदन बासकोटा र सहसचिवमा गणेश घिमिरे उम्मेवारी घोषणा गरेका छन ।

यता उनको बिरुद्ध खेलराज पाण्डे नै पुन सभापतिमा उम्मेदबारी दिने घोषणा भएको छ । पाण्डे प्यानलमा उपसभापतिमा ज्योति भण्डारी, उपसभापति हितमान पुन, सचिव छापा पोखरेल, गंगा पन्थी, सहसचिव देवलाल अरगेली र सहसचिव पुरुषोत्तम खनालको उम्मेदवारी घोषणा भएको छ । नगरमा १९ वडाबाट ५ सय ६८ जना क्षेत्रिय प्रतिनिधिहरु निर्वाचनमा भाग लिदैछन ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ३ : ३३ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू