५ पुस २०८२, शनिबार | December 20, 2025

रामबहादुर थापाको घोषणा – प्रचण्डसँग चुनाव लड्न तयार छु



काठमाडौं । नेकपा (एमाले)का नेता एवम् पूर्वगृहमन्त्री रामबहादुर थापाले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनाव लडन तयार रहेको बताएका छन् ।

कुनै समय प्रचण्डमा विलीन भएका थापा गत वर्षको पुषदेखि प्रचण्डलाई छोडेर केपी ओलीको पक्षमा लागेका थिए । सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि थापा माओवादी केन्द्र परित्याग गरेर एमाले बनेका थिए ।

शुक्रबार चितवनको भरतपुरस्थित विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा थापाले भने, ‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा चुनावमा निस्किएपछि पार्टीले निर्णय गर्नेछ । त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’ थापाले आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्ने बताए ।

नेता थापाले ले प्रचण्डले पार्टी लाईन छाडेर राष्ट्रियता विरोधी, लोकतन्त्र विरोधी र मुलुकको समृद्धिको विरोधी लाईनमा लागेको आरोप लगाए । उनले सभामुख अग्निप्रसाद सापकोटा पार्टी कार्यकर्ताको भूमिकामा उभिएकाले आफ्नो पार्टीले विरोध गर्नु परेको बताए । उनले आफ्नो पार्टी एमसीसीलाई परिमार्जनसहित पारित गर्नुपर्छ भन्ने मान्यतामा अडिग रहेको पनि बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ६ : ४९ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र