२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

नेपालले दिएको सम्मानबाट खुशी छु : शाहिद अफ्रिदी



काठमाडौं । किंग्स इलेभेन काठमाडौंले इपिएल खेल्ने टोली र जर्सी सार्वजनिक गरेको छ ।

एभरेष्ट प्रिमियर लिग (इएपिएल) को चौथो संस्करणमा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीलाई समेटर बनाएको टोलीलाई शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

काठमाडौ आएका अफ्रिदीले शनिवार र सोमबार दुई खेल मात्र खेल्नेछन् । कार्यक्रममा किग्स इलेभनबाट खेल्न काठमाडौ आएका अफ्रिदीले नेपालले नेपालले दिएको सम्मानले आफुलाई खुशी बनाएको बताए । कार्यक्रममा किग्स इलेभनका कप्तान सन्दिप लामिछानेले अफ्रिदीजस्ता अनुभवी खेलाडीको कारण टीमले सुखद नतिजा दिने बताए । आफ्रिदीको अनुभवले टीमलाई राम्रो खेल्न सहयोग पुग्ने बताए ।

किग्स इलेभन काठमाडौँको टीममा ४ जना विदेशी खेलाडी सहित नेपाली क्रिकेट खेलाडी अमित श्रेष्ठ,सवास खकुरेल,राजु रिजाल, शेरमल्ल, सिद्धान्त लोहनी, मोहम्मद समसद शेख,दिपेन्द्र रावत, जितेन्द्र मुखिया,आशाक चन्द,अमरसिंह रौटेला र गुल्शन झा रहेका छन् ।

यस्तै विदेशी खेलाडीमा अफ्रिदीसहित जनक प्रकाश,रेयान ब्रुल र रहमानउल्ला गुरबाज रहेका छन् । किग्स इलेभन काठमाडौले शनिबार अघिल्लो संस्करणको बिजेता ललितपुर पेट्रियोटस् विरुद्ध खेल्नेछ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ६ : ५८ बजे

टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

दाङ । नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा

प्राकृतिक शीतभण्डारमा किबी

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक

शुक्लाफाँटामा पाँचवर्षे शिक्षा योजना तर्जुमा गरिँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन

रुपन्देहीको फर्साटिकरमा भोलीदेखी दोस्रो शुद्धोदन उद्योग वाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु हुँदै

बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिका-६ फर्साटिकरमा भोली मंसिर २४ गतेदेखि

थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु हुने

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा