२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

मन्त्री नहुँदा कर्मचारीलाई सास्ती



काठमाडौं । लामो समयदेखि १४ वटा मन्त्रालय मन्त्रीविहीन छन । यसै कारण कुनै पनि निर्णय लिनुपर्ने अवस्थामा मन्त्रालयका उच्च कर्मचारीले सास्ती भोग्ने गरेका छन । उनीहरू फाइल बोकेर प्रधानमन्त्री कार्यालय पुग्ने गरेका छन ।

१४ वटा मन्त्रालयको जिम्मेवारी लिएका प्रधानमन्त्री शेरबहादुर देउवा सामान्यतया हप्ताको ३ देखि ४ दिनमात्र सिंहदरबार पुग्छन । सिंहदरबार पुगेको बेला प्रधानमन्त्री कार्यालयमै उनलाई भ्याइनभ्याइ हुन्छ । अन्य मन्त्रालयमा जान फुर्सद नै हुँदैन । कहिलेकाहीं सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको बैठकमा सहभागी भई देउवा प्रधानमन्त्री कार्यालय नै नपुगीकन निस्कन्छन ।

२०७८ असार २९ मा मन्त्रिमन्डल गठन भए यता आफूले जिम्मेवारी लिएका १४ मन्त्रालयमा देउवा एकपटक पनि पुगेका छैनन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भने उनले राज्यमन्त्री नियुक्त गरेका छन ।

मन्त्रालयमा मन्त्री नहुँदा सचिवालय खाली हुने गरेको छ । यद्यपि विभागीय मन्त्रीको नेम प्लेटमा देउवाको नाम हुन्छ । सचिवालयका सबै कोठामा ताला लगाइएको हुन्छ । मन्त्रीस्तरीय निर्णय गर्नुपरेमा मन्त्रालयका उच्चपदस्थ कर्मचारीलाई धौधौ पर्छ । सचिवहरू आफैं फाइल बोकेर विभागीय मन्त्री खोज्दै प्रधानमन्त्री कार्यालय धाउने गर्छन ।

‘अति संवेदनशील तथा गोप्य प्रकृतिका छन् भने आफैं फाइल बोकेर सचिवज्यू प्रधानमन्त्री कार्यालय पुग्नुहन्छ’, संघीय मामिला मन्त्रालयका एक उपसचिवले भने । प्रधानमन्त्रीलाई भेट्न मन्त्रालयका उच्च कर्मचारीलाई त्यति सजिलो छैन ।

संघीय मामिला मन्त्रालयका सचिव एकनारायण अर्यालले मन्त्रालयस्तरीय नीतिगत निर्णय गर्नुपरेमा विभागीय मन्त्री नहुँदा अप्ठ्यारो हुने बताउँदै भने, ‘कुनै जटिल काम भयो भने प्रधानमन्त्रीलाई भेट्छौं । सामान्यतया प्रधानमन्त्रीसँग भेट हुँदैन ।’ दैनिक गर्नुपर्ने काममा भने विभागीय मन्त्री नहुँदा पनि त्यति समस्या नभएको उनले बताए । उनले भने, ‘कुनै जटिल प्रकृतिको फाइल छ भने हामी आफैं फाइल बोकेर प्रधानमन्त्री कार्यालय पुग्छौं ।’

भौतिक पूर्वाधार मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले भने विभागीय मन्त्री नहुँदा काम नरोकिएको बताए । ‘फाइल बोकेर तपाईं आफैं प्रधानमन्त्री कार्यालय पुग्नुहुन्छ कि कसैलाई पठाउनुहुन्छ’ भनी सोधिएको जिज्ञासमा उनले भने, ‘कुन व्यक्तिले फाइल लिएर प्रधानमन्त्री कार्यालयमा जान्छ भन्नु ठूलो कुरा भएन ।

काम रोकिएको छैन ।’ विभागीय मन्त्री नहुँदा मन्त्रालयका उच्चपदस्थ कर्मचारीले भोग्नुपरेको सास्तीका बारेमा उनीहरू खुलेर बोल्न चाहँदैनन् । तर मन्त्री नहुँदा काममा अप्ठ्यारो परेको गुनासो उनीहरूको छ । आजको नागरिक दैनिकमा भुवन शर्माले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ७ : १७ बजे

एमाले ११ औँ महाधिवेशनअघि अध्यक्ष ओली आज सम्पादकसँग छलफल गर्दै

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

रवि लामिछाने र छविलाल जोशीको आज उच्च अदालत बुटवलमा आजका लागि पेसी

बुटवल । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामै रहेका

किसानलाई दूधमा दश रुपैयाँ अनुदान

दमौली । भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १०

दाङमा बस दुर्घटना, २२ यात्री घाइते

दाङ । डडेल्धुराबाट काठमाडौंतर्फ गइरहेको ना ८ ख ७४५५ नम्बरको

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा