२० बैशाख २०८१, बिहिबार | May 2, 2024

लायन्स बुटवल देउरालीको रक्तदान सम्पन्न



बुटवल । लायन्स क्लब अफ बुटवल देउरालीको रक्तदान गरेको छ । शनिबार एक समारोहका बिच कार्यक्रमको उद्घाटन गर्दै लायन्स ईन्टरनेश्नलका डिष्ट्रिक एज्युकेटिभ चिफ एमजिएफ अर्जुनमान सैजुले रगतको मागलाई पूरा गर्न सामाजिक संघसंस्थाहरुको योगदान महत्वपुर्ण रहेको बताए ।

नेपालमा वर्षेनी ४ लाख युनिट रगत खपत हुने हुदा नियमित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उनले बताए । रुपन्देही रक्तदान कार्यक्रम गरि सामाजिक कार्यमा अगाडि रहेको भन्दै यसमा युवाहरुको योगदान महत्वपुर्ण रहेको बताए ।

युवाहरु परिवर्तनको बाहकका रुपमा परिचय दिएर युवासंग नया नया ज्ञान र सिकाई लिनुपर्ने उनले बताए । लायनबादको नारालाई अगाडि बढाएर क्लब छोटोसमयमा नै अगाडि आउन सफल भएको उनले बताए ।

नेपाल रेडक्रस सोसाइटी, रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा एलसिएफ कोअर्डिनेटर एमजेएफ किरण खरेल, एरिया ४ का एरिया चिफ जीवन गौतम, जोन चेयर पर्सन भोजराज पाण्डे, क्लबका अध्यक्ष ज्ञान प्रसाद पौडेल, नेपाल स्वयंसेवी रक्तदाता समाजका कृष्ण चौहान, प्रथम उपाध्यक्ष रमेश पाण्डे, द्घितिय उपाध्यक्ष दिपक पन्थी, तृतिय उपाध्यक्ष विष्णु अधिकारीले प्रचारभन्दा पनि समुदायलाई फाइदा मिल्ने गरि काम गर्न जरुरी रहेको बताए ।

कार्यक्रमका संयोजक राम प्रसाद गैरेले विभिन्न क्लबहरुबाट सहभागिता रहेको रक्तदान कार्यक्रममा १ सय १ युनिट रगत संकलन भएको बताए ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ५ : ५३ बजे

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा