२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

लायन्स बुटवल देउरालीको रक्तदान सम्पन्न



बुटवल । लायन्स क्लब अफ बुटवल देउरालीको रक्तदान गरेको छ । शनिबार एक समारोहका बिच कार्यक्रमको उद्घाटन गर्दै लायन्स ईन्टरनेश्नलका डिष्ट्रिक एज्युकेटिभ चिफ एमजिएफ अर्जुनमान सैजुले रगतको मागलाई पूरा गर्न सामाजिक संघसंस्थाहरुको योगदान महत्वपुर्ण रहेको बताए ।

नेपालमा वर्षेनी ४ लाख युनिट रगत खपत हुने हुदा नियमित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उनले बताए । रुपन्देही रक्तदान कार्यक्रम गरि सामाजिक कार्यमा अगाडि रहेको भन्दै यसमा युवाहरुको योगदान महत्वपुर्ण रहेको बताए ।

युवाहरु परिवर्तनको बाहकका रुपमा परिचय दिएर युवासंग नया नया ज्ञान र सिकाई लिनुपर्ने उनले बताए । लायनबादको नारालाई अगाडि बढाएर क्लब छोटोसमयमा नै अगाडि आउन सफल भएको उनले बताए ।

नेपाल रेडक्रस सोसाइटी, रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा एलसिएफ कोअर्डिनेटर एमजेएफ किरण खरेल, एरिया ४ का एरिया चिफ जीवन गौतम, जोन चेयर पर्सन भोजराज पाण्डे, क्लबका अध्यक्ष ज्ञान प्रसाद पौडेल, नेपाल स्वयंसेवी रक्तदाता समाजका कृष्ण चौहान, प्रथम उपाध्यक्ष रमेश पाण्डे, द्घितिय उपाध्यक्ष दिपक पन्थी, तृतिय उपाध्यक्ष विष्णु अधिकारीले प्रचारभन्दा पनि समुदायलाई फाइदा मिल्ने गरि काम गर्न जरुरी रहेको बताए ।

कार्यक्रमका संयोजक राम प्रसाद गैरेले विभिन्न क्लबहरुबाट सहभागिता रहेको रक्तदान कार्यक्रममा १ सय १ युनिट रगत संकलन भएको बताए ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ५ : ५३ बजे

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे

कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज