१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

दशैंतिहार लक्ष्यित सुरक्षा योजना : उपत्यकामा सातहजार प्रहरी परिचालन, आधुनिक उपकरणको प्रयोग



काठमाडौं । यसवर्षको वडादशैं, दीपावली तथा छठपर्व लगायत स्थानीय चाडवाड अवधिभर शान्तिसुरक्षा प्रभावकारी बनाउन आधुनिक सुरक्षाप्रविधि र उपकरणको अधिकतम् प्रयोग गरिने भएको छ ।

उपत्यकमा हुन सक्ने विभिन्न प्रकृतिका अपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी जनशक्तिका अतिरिक्त तालिम प्राप्त प्रहरी कुकुर, सिसिक्यामेरा, डिटेक्टर मेसिन, ब्रेथलाइजर र राडरगन लगायत सुरक्षा उपकरण तथा प्रविधिको प्रयोग गरिने महानगरीय प्रहरी प्रमुख हरिबहादुर पालले बताए ।

महानगरीय प्रहरीले पकेटमारी, चोरी, डकैति, डाँका, हतियार देखाइ लुटपाट, विभिन्न प्रलोभनमा ठगी, चन्दा असुली, समूहगत कुटपिट, उच्छृङ्खल र अस्वभाविक गतिविधि, जुवातास, कौडा, लङ्गुरबुर्जा, दैनिक उपभोग्य बस्तुको कालोबजारी, महँगी लगायत १५ विषयलाई सम्भावित चुनौतीको रुपमा राखेको छ ।

यी चुनातीहरुको नियन्त्रण तथा व्यवस्थापनका लागि उपत्यका प्रवेश नाका तथा मुख्य वजारक्षेत्रमा कुकुर सहितको सुरक्षाव्यवस्था र वजारक्षेत्र तथा ब्यापारिक केन्द्र, सुपरमार्केट, बैक तथा वित्तीय संस्थाहरुमा सिसिक्यामेराबाट निगरानी बढाइने जानकारी प्रमुख पालले दिए ।

त्यस्तै, मदिरा सेवन (मापसे) सँगै तीब्र गतिमा सवारी चलाउने, आफूखुशी भाडा अशुल्ने, लामोदुरीका सवारीमा दुईजना चालकको व्यवस्था नगर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारी साधन भित्र महिला, बृद्धा तथा बालबालिकामाथि हुने दुब्र्यवहार रोक्न हतियार सहितको जनशक्ति परिचालन गरिएको छ ।

महानगरीय प्रहरी प्रमुख एव प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पालले भने, ‘अपराधमुक्त शान्त र सुरक्षित चाडपर्व-२०७८ बनाउन’ सुरक्षाकर्मीदेखि नागरिक अधिकारकर्मीसम्म र सुरक्षा पोलिसीदेखि प्रविधिसम्मको प्रयोगमा जोड दिएका छौं ।

यसका लागि उपत्यकाको विभिन्न स्थानमा जडित करीव २५ सय वटा सिसिक्यामेराबाट २४ सै घण्टा प्रत्यक्ष निगरानी बढाइएको छ । प्रहरीको मोवाइल गस्ती, पैदल गस्ती, क्यूआरटी (क्वीक रेस्पन्स), कडन एण्ड सर्च, एम्बुसिङ, सिआरभी परिचालन, नियमित चेक प्वाईन्ट डिउटी जस्ता सुरक्षा कार्यक्रमहरु बढाएको जानकारी पनि उनले भने ।

सो कार्यका लागि जनपद प्रहरी पाँचहजार नौसय ८६, ट्राफिक प्रहरी एकहजार चारसय एक, सादा पोशाकमा एकसय ७० भन्दा बढी सुरक्षाकर्मी परिचालन हुनेछन् । एआइजी पालले चाडवाड सुरक्षाका लागि सातहजार पाँचसय ५७ जना प्रहरी खटिइएको बताए ।

त्यस्तैं, एआइजी पालले पेशागत आचारण विपरितका गतिविधि सञ्चालन गर्ने प्रहरी कर्मचारीलाई कारवाहीको चेतवानी दिएका छन । ‘प्रहरी इमान्दार नबन्दा सुरक्षा चुनौती नियन्त्रण गर्न कठिन हुने जनाउदै उनले चाडपर्वका वेला उपहार शुभकामना लिने- दिने बहानामा कसैसँग हात थाप्ने काम नगर्न र नगराउन निर्देशन दिए ।

‘दशै- तिहार लगायत चाडपर्वको नाममा कोही कसैले विभिन्न किसिमको लोभ देखाउलान’ उनले भने, यस्तो बेला प्रहरी जवानदेखि कमाण्डर (इन्चार्ज) सम्म सतर्क र सचेत रहनु होला । आर्थिक प्रलोभनमा पर्ने प्रहरीलाई निलम्वनको चेतावनी दिएका छन ।

काठमाडौं, ललितपुर र भक्तपुरको शान्तिसुरक्षा व्यवस्था मुलुककै लागि नमूना बन्ने भएकाले त्रुटिरहित भरपर्दो र विश्वसनिय सुरक्षाव्यवस्था मिलाउन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि नागढुङ्गा नाकाहरुमा कुकुर सहितका सुरक्षाकर्मी खटाइने भएका छन् ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम, यातायातका साधनमा लैङ्गीन हिंसा विरुद्ध सेफ्टी पीन, ट्राफिक चेकिङ, यात्रु सहायता कक्ष, नागरिक सहयोग कक्ष, जिल्ला प्रशासन कार्यालयहरु, अधिकारकर्मी, उपभोक्ताहरुसँग सहकार्य भइरहेको महानगरीय प्रहरीले जनाएको छ ।

काठमाडौंका विभिन्न स्थानमा सुरक्षा जनचेतना सम्बन्धी माइकिङ् गर्ने र पर्चा पम्पलेट तयार पारी वितरण गर्ने तयारी भइरहेको छ । घर, कोठा तथा कार्यालयबाट निस्कँदा वा सवारी साधन प्रयोग गर्दा झोलादेखि खल्तीसम्म सुरक्षित राख्न प्रहरीले अनुरोध गरेको छ । आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ६ : ५८ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले