३ भदौ २०८३, बुधबार | August 19, 2026

इपीएल क्रिकेट : आज विराटनगर र चितवन, भैरहवा र पोखरा भिड्दै



काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज दुई वटा खेल हुँदै छन ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आज बिहान ९ः३० बजे विराटनगर वारिवर्स र चितवन टाइगर्सबीच खेल हुने भएको हो ।

करण केसीको नेतृत्वमा विराटनगर र सोमपाल कामीको नेतृत्वमा चितवन मैदानमा उत्रिनेछन् । दुवै टिमको लक्ष्य सुखद सुरुआत गर्ने रहेको छ ।

त्यस्तै, आज अपराह्न १ः३० बजे दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । भैरहवाको नेतृत्व शरद भेषवाकरले र पोखराको नेतृत्व विनोद भण्डारीले गर्नेछन् ।

शनिबारदेखि सुरु भएको इपीएलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किंग्स इलेभनले कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्सलाई ७ विकेटले पराजित गरेको थियो । इपीएलको विजेताले ५० लाख पुरस्कार पाउँदा उपविजेताले १५ लाख पाउने छ । प्रतियोगिता २३ असोजसम्म चल्नेछ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ८ : ०२ बजे

टोखा-छहरे सडक राति बन्द हुने

त्रिशूली । वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

मानव बेचबिखनविरुद्धको २० औँ राष्ट्रिय दिवसको नारा तय

काठमाडौं । सरकारले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना बढाउँदै सभ्य

जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ

काठमाडौँ । केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का