१५ फाल्गुन २०८२, शुक्रबार | February 28, 2026

तालिवानको बर्बरताः चार अपहरणकारीको हत्या गरि व्यस्त चोकमा झुन्डाइयो



काबुल । तालिवानले अपरहणको आरोप लागेका चार जनालाई गोली हानी हत्या गरेर उनीहरुको शब सार्वजनिक स्थलमा झुन्डाएका छन् । तालिवानका एक वरिष्ठ अधिकारीले अपराध गर्नेलाई सरकारले कठोर सजाँय दिने चेतावनी दिएको दुई दिन नबित्दै हेरात सहरमा पछिल्लो घटना सार्वजनिक भएको हो ।

हत्या गरेपछि तालिवान लडाकुले ती कथित अपहरणकारीमध्ये एक जनाको शव बजारको व्यस्त चोकमा प्रदर्शन गरेका थिए । स्थानीय व्यापारी वाजिर अहमद सिद्दिकीका अनुसार चार शबमध्ये एउटालाई के्रनमा झुन्डाइएको थियो भने अन्य शब सहरका अन्य चोकमा प्रदर्शनमा राखिएको थियो ।

आगामी दिनमा अपहरणका घटना नहुन भनेर चोक चोकमा शब प्रदर्शन गरिएको हेरातका सहायक गभर्नर मौलवी शैरले बताए । अपहरणकारीको तालिवान लडाकुको कारबाहीमा मारिएको उनले बताए । आरोपित व्यक्तिहरुले एक व्यापारी र उनका छोरालाई अपहरण गरेर फिरौती रकम माग गरेको बताइएको छ ।

दुई दिनअघि तालिवानका वरिष्ठ नेता मुल्लाह नोरुद्दिन तुराबीले कडा सजाँय र मृत्युदण्ड कायमै रहने बताएका थिए । ‘कठोर सजाँयका लागि हामीलाई धेरैले आलोचना गर्छन् । यो आ-आफ्नो देशको कानूनमा निर्भर हुन्छ,’ पूर्व कानुनमन्त्रीसमेत रहेका नोरुद्दिनले भनेका थिए, ‘हाम्रो कानुनबारे कसैले केही भन्न मिल्दैन् । हामी कुरानमा आधारित रहेर कानुन बनाउँछौं । ’

दोषिमाथि दिइने अमानवीय सजाँय र महिलामाथि लगाइएको प्रतिबन्धका कारण तालिवानको पहिलो शासनकाल विश्वमै कुख्यात थियो । सन् १९९६ मा तालिवानको पहिलो शासनकालमा बलात्कार अभियोग लागेका व्यक्तिको अंग छेदन गरिन्थ्यो भने सामान्य अपराध गर्नेलाई पनि सार्वजनिक स्थलमा लगेर हात र खुट्टा काटिन्थ्यो । महिलाले सम्पूर्ण शरिर ढाक्ने बस्त्र लगाउनुपथ्र्यो । उनीहरुलाई विद्यालय जान र घरबाट एक्लै बाहिर निस्कन रोक थियो । तालिवानले सिमान्तकृत र अल्पसंख्यकको अधिकार पनि कटौती गरेका थिए । एजेन्सी

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ८ : ४५ बजे

आचारसंहिता कार्यान्वयन बारे लिखित जवाफ माग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पूर्ण कार्यान्वयन गर्न

मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न निर्वाचन आयोगको पत्राचार

काठमाडौं । देशभरका मतदान केन्द्रमा आवश्यक प्राथमिक उपचारको व्यवस्था गर्न

निर्वाचन विशेष मौसम बुलेटिन : उल्लेखनीय प्रभाव नदेखिने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले निर्वाचनको समयमा यही

प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले पत्ता लगायो ६१२ वटा हानिकारक सूचना

काठमाडौँ । निर्वाचन आयोगमा स्थापना भएको निर्वाचन सूचना सम्प्रेषण तथा

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

पोखरा । गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा