२२ मंसिर २०८२, सोमबार | December 8, 2025

तालिवानको बर्बरताः चार अपहरणकारीको हत्या गरि व्यस्त चोकमा झुन्डाइयो



काबुल । तालिवानले अपरहणको आरोप लागेका चार जनालाई गोली हानी हत्या गरेर उनीहरुको शब सार्वजनिक स्थलमा झुन्डाएका छन् । तालिवानका एक वरिष्ठ अधिकारीले अपराध गर्नेलाई सरकारले कठोर सजाँय दिने चेतावनी दिएको दुई दिन नबित्दै हेरात सहरमा पछिल्लो घटना सार्वजनिक भएको हो ।

हत्या गरेपछि तालिवान लडाकुले ती कथित अपहरणकारीमध्ये एक जनाको शव बजारको व्यस्त चोकमा प्रदर्शन गरेका थिए । स्थानीय व्यापारी वाजिर अहमद सिद्दिकीका अनुसार चार शबमध्ये एउटालाई के्रनमा झुन्डाइएको थियो भने अन्य शब सहरका अन्य चोकमा प्रदर्शनमा राखिएको थियो ।

आगामी दिनमा अपहरणका घटना नहुन भनेर चोक चोकमा शब प्रदर्शन गरिएको हेरातका सहायक गभर्नर मौलवी शैरले बताए । अपहरणकारीको तालिवान लडाकुको कारबाहीमा मारिएको उनले बताए । आरोपित व्यक्तिहरुले एक व्यापारी र उनका छोरालाई अपहरण गरेर फिरौती रकम माग गरेको बताइएको छ ।

दुई दिनअघि तालिवानका वरिष्ठ नेता मुल्लाह नोरुद्दिन तुराबीले कडा सजाँय र मृत्युदण्ड कायमै रहने बताएका थिए । ‘कठोर सजाँयका लागि हामीलाई धेरैले आलोचना गर्छन् । यो आ-आफ्नो देशको कानूनमा निर्भर हुन्छ,’ पूर्व कानुनमन्त्रीसमेत रहेका नोरुद्दिनले भनेका थिए, ‘हाम्रो कानुनबारे कसैले केही भन्न मिल्दैन् । हामी कुरानमा आधारित रहेर कानुन बनाउँछौं । ’

दोषिमाथि दिइने अमानवीय सजाँय र महिलामाथि लगाइएको प्रतिबन्धका कारण तालिवानको पहिलो शासनकाल विश्वमै कुख्यात थियो । सन् १९९६ मा तालिवानको पहिलो शासनकालमा बलात्कार अभियोग लागेका व्यक्तिको अंग छेदन गरिन्थ्यो भने सामान्य अपराध गर्नेलाई पनि सार्वजनिक स्थलमा लगेर हात र खुट्टा काटिन्थ्यो । महिलाले सम्पूर्ण शरिर ढाक्ने बस्त्र लगाउनुपथ्र्यो । उनीहरुलाई विद्यालय जान र घरबाट एक्लै बाहिर निस्कन रोक थियो । तालिवानले सिमान्तकृत र अल्पसंख्यकको अधिकार पनि कटौती गरेका थिए । एजेन्सी

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ८ : ४५ बजे

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता

नागढुङ्गा-नौबिसे सडक मङ्सिर २४ गतेदेखि दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे

मोबाइलदेखि कम्प्युटरसम्म, आँखादेखि कानसम्म : यी हुन् दलहरूका चुनाव चिह्न

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई