४ पुस २०८२, शुक्रबार | December 20, 2025

बुटवललाई काँग्रेसको गढ बनाउने नवनिर्वाचित नगर सभापति पाण्डेको उदघोष



बुटवल । नेपाली कांग्रेसको पालिका अधिवेशनबाट बुटवल उपमहानगरमा नवनिर्वाचित सभापति खेलराज पाण्डेयले अन्य राजनीतिक पार्टीलाई पछाडि पार्दै नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने उदघोष गरेका छन् ।

निर्वाचन समितिले आज बुटवलमा राखेको नवनिर्वाचित पदाधिकारीको पदस्थापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै सभापति पाण्डेले अहिले पार्टीभित्रै मैत्रीपूर्ण चुनाव जिते पनि आगामी निर्वाचनमा बुटवलमा अरूलाइ जितेर कांग्रेसलाई पहिलो पार्टी बनाउने उद्घोष गरे । उनले बुटवललाई कांग्रेसको गढ बनाउने प्रतिबद्धता पनि जनाएका छन् । ‘हामी बीच मैत्रीपूर्ण चुनाव भएको हो, हामी सबैले जितेका छौं । मेरो जीतमा सबैको साथ र सहयोग छ । आगामी दिनमा हामी एकतावद्ध भएर अगाडि बढ्छौं, अब कांग्रेसलाई बुटवलमा पहिलो पार्टी बनाउँछौं ।’ उनले भने, ( ‘बुटवलमा नेपाली कांग्रेसलाई सबैतहमा जिताउन प्रयत्न गर्नेछु ।’

उनले मतदाता फोटो खिच्ने काम भईरहेको बताउँदै पार्टीका कुनैपनि पदमा रहने व्यक्तिको मतदातामा नाम नभ्एको भन्ने कुरा सुन्न नपर्ने गरि पोटो खिचाउने काममा सरिक हुन कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले उपबिजेता टीमलाइ साथमै लिएर पार्टी हाँक्ने प्रण गर्दै निर्वाचनमा सहयोग गर्ने सबैलाई एकमुष्ट धन्यवाद ज्ञापन गरे ।

उनले अबदेखि बुटवल उपमहानगरमा हुने हरे विकास निर्माणको काममा कडा रूपमा प्रस्तुत हुने बताउँदै बुटवल उपमहानगरपालिकाका हरेक गतबिधिमा काँग्रेसको उच्च निगरानी रहने जनाए ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ८ : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको