२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

बुटवललाई काँग्रेसको गढ बनाउने नवनिर्वाचित नगर सभापति पाण्डेको उदघोष



बुटवल । नेपाली कांग्रेसको पालिका अधिवेशनबाट बुटवल उपमहानगरमा नवनिर्वाचित सभापति खेलराज पाण्डेयले अन्य राजनीतिक पार्टीलाई पछाडि पार्दै नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने उदघोष गरेका छन् ।

निर्वाचन समितिले आज बुटवलमा राखेको नवनिर्वाचित पदाधिकारीको पदस्थापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै सभापति पाण्डेले अहिले पार्टीभित्रै मैत्रीपूर्ण चुनाव जिते पनि आगामी निर्वाचनमा बुटवलमा अरूलाइ जितेर कांग्रेसलाई पहिलो पार्टी बनाउने उद्घोष गरे । उनले बुटवललाई कांग्रेसको गढ बनाउने प्रतिबद्धता पनि जनाएका छन् । ‘हामी बीच मैत्रीपूर्ण चुनाव भएको हो, हामी सबैले जितेका छौं । मेरो जीतमा सबैको साथ र सहयोग छ । आगामी दिनमा हामी एकतावद्ध भएर अगाडि बढ्छौं, अब कांग्रेसलाई बुटवलमा पहिलो पार्टी बनाउँछौं ।’ उनले भने, ( ‘बुटवलमा नेपाली कांग्रेसलाई सबैतहमा जिताउन प्रयत्न गर्नेछु ।’

उनले मतदाता फोटो खिच्ने काम भईरहेको बताउँदै पार्टीका कुनैपनि पदमा रहने व्यक्तिको मतदातामा नाम नभ्एको भन्ने कुरा सुन्न नपर्ने गरि पोटो खिचाउने काममा सरिक हुन कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले उपबिजेता टीमलाइ साथमै लिएर पार्टी हाँक्ने प्रण गर्दै निर्वाचनमा सहयोग गर्ने सबैलाई एकमुष्ट धन्यवाद ज्ञापन गरे ।

उनले अबदेखि बुटवल उपमहानगरमा हुने हरे विकास निर्माणको काममा कडा रूपमा प्रस्तुत हुने बताउँदै बुटवल उपमहानगरपालिकाका हरेक गतबिधिमा काँग्रेसको उच्च निगरानी रहने जनाए ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ८ : १२ बजे

होटल पौवाको १० औँ वार्षिकोत्सव : देशभर ‘स्वाद उत्सव’, लगानी सम्मेलन र ‘शुभकामना साँझ’ आयोजना हुने

बुटवल । स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई

काठमाडौंको पिंगलास्थानमा प्रहरीले चलायो गोली, एक किलोभन्दा बढी खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

काठमाडौं । काठमाडौंको पिंगलास्थान क्षेत्रमा प्रहरीले गोली चलाएर दुई जना

छत्रगञ्ज रुपन्देही सम्पर्क समाजद्वारा सांसदहरूलाई समस्यासहितको बधाईपत्र

बुटवल । छत्रगञ्ज रुपन्देही सम्पर्क समाजको आयोजनामा शुभकामना आदान-प्रदान, नव

‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानमा बुटवलको बदेलपोखरीबाट ११ मोटरसाइकल नियन्त्रणमा

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

६ देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विभिन्न मुलुकमा राजनीतिक नियुक्तिका आधारमा खटाइएका ६