७ आश्विन २०८३, बुधबार | September 23, 2026

विराटनगरका लागि उडेको बुद्ध एयरको विमानमा ल्यान्डिङ गियरको समस्या आएपछि काठमाडौं फर्किएर आकस्मिक अवतरण



काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेर बुद्ध एयरको जहाज ल्यान्डिङ गियर नखुलेपछि काठमाडौं नै फर्किएको छ ।

सोमबार बिहान विराटनगरतर्फ उडेको जहाजको ल्याण्डिङ गियरमा समस्या आएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौं फर्किएको थियो । त्यसलगत्तै विमानस्थलमा हाइअलर्ट गरिएको थियो ।

काठमाडौंको आकाशमा झन्डै १० फन्का लगाएपछि जहाज केहीबेर अघि मात्रै अवतरण भएको हो। अहिले स्थिति सामान्य रहेको विमानस्थल कन्ट्रोल रुमले जनाएको छ । यसअघि सो जहाज ल्याण्ड नहुन्जेसम्म विमानस्थलबाट कुनै उडान भरिएको थिएन ।

जहाजमा सवार चालक दलका सदस्य र सबै यात्रु सुरक्षित रहेको कार्यालयले जानकारी दिएको छ । ‘९ एन-एएनआई’ कलसाइनको उक्त जहाज क्याप्टेन एजी शेर्पाको कमान्डमा थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ११ : ०० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई