२४ बैशाख २०८१, सोमबार | May 6, 2024

विराटनगरका लागि उडेको बुद्ध एयरको विमानमा ल्यान्डिङ गियरको समस्या आएपछि काठमाडौं फर्किएर आकस्मिक अवतरण



काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेर बुद्ध एयरको जहाज ल्यान्डिङ गियर नखुलेपछि काठमाडौं नै फर्किएको छ ।

सोमबार बिहान विराटनगरतर्फ उडेको जहाजको ल्याण्डिङ गियरमा समस्या आएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौं फर्किएको थियो । त्यसलगत्तै विमानस्थलमा हाइअलर्ट गरिएको थियो ।

काठमाडौंको आकाशमा झन्डै १० फन्का लगाएपछि जहाज केहीबेर अघि मात्रै अवतरण भएको हो। अहिले स्थिति सामान्य रहेको विमानस्थल कन्ट्रोल रुमले जनाएको छ । यसअघि सो जहाज ल्याण्ड नहुन्जेसम्म विमानस्थलबाट कुनै उडान भरिएको थिएन ।

जहाजमा सवार चालक दलका सदस्य र सबै यात्रु सुरक्षित रहेको कार्यालयले जानकारी दिएको छ । ‘९ एन-एएनआई’ कलसाइनको उक्त जहाज क्याप्टेन एजी शेर्पाको कमान्डमा थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ११ : ०० बजे

काठमाडौंको शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ

सहुलियतपूर्ण सहायता बढाउन नेपालद्वारा विश्व समुदायलाई अपिल

काठमाडौं । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण

चोरले एक तोला सुन निलेपछि!!!

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला

खडेरीले सुक्न थाल्यो मकै

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका

धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु

धनगढी । धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ