१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

दक्षिण कोरियाको सहयोगमा पोखरामा ‘स्मार्ट ट्रान्सपोर्टेसन’



पोखरा । दक्षिण कोरियाले पोखराको यातायात व्यवस्थापनमा सहयोग गर्ने भएको छ । अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा गण्डकी सरकारको निमन्त्रणामा पोखरा आएका नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुक र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग सोमबार भएको भेटमा राजदूत सुकले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

पोखरा र आसपासको भौगोगिक अवस्थितिबाट आफू प्रभावित भएको उल्लेख गर्दै उनले पोखरामा स्मार्ट यातायात सञ्चालन र व्यस्थापनमा चासो व्यक्त गरे । राजदूत सुकले कोरिया गण्डकी प्रदेशको व्यापार प्रवद्र्धनमा सघाउन तयार रहेको बताउँदै नेपालका थप युवालाई रोजगारी दिनेबारेमा पनि कोरिया सरकारले थप अभ्यास गरिरहेको जानकारी दिए ।

भेटमा मुख्यमन्त्री पोखरेलले हजारौँ नेपाली युवाको उत्कृष्ट गन्तव्यका रूपमा दक्षिण कोरिया रहेको बताउँदै आयआर्जन गर्ने र प्रविधि सिक्ने राम्रो अवसरका रूपमा दक्षिण कोरियाको रोजगारीलाई उपयोग गर्ने गरेको बताए ।

नेपालमा प्रविधिको विकास तथा विस्तारमा दक्षिण कोरिया बलियो साझेदार भएको बताउँदै शिक्षा, स्वास्थ्य, ग्रामीण विकास, सुशासन, वातावरण परिवर्तन, उद्योग र ऊर्जाजस्ता क्षेत्रमा दक्षिण कोरिया सरकारको महत्वपूर्ण सहयोग रहेको उल्लेख गरे ।

दक्षिण कोरियाले अनुदान र प्राविधिक सहयोगमा विशेष चासो दिने गरेको तथ्य स्मरण गर्दै उनले कोरिया इन्टरनेशनल को–अपरेसन एजेन्सी ९कोइका०मार्फत पु¥याएको योगदान पनि उत्तिकै महत्वपूर्ण रहेको बताए ।

प्रदेश सरकार कोभिड महामारीले थला परेको आर्थिक क्षेत्रको पुनरुत्थान र शिक्षा, स्वास्थ्य र पोषणजस्ता सामाजिक क्षेत्रको पुनर्जीवनका लागि उच्च प्राथमिकताका साथ काम गरिरहेको उनले बताए । स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, अस्पतालको स्तरोन्नति, आधुनिक उपकरणको प्रयोग तथा स्वास्थ्य सेवा विस्तारमा विशेष काम गर्नुपरेको उनको भनाइ छ ।

ग्रामीण क्षेत्रको विकास र गरिबी अन्त्य तथा रोजगारीको सिर्जनामा प्रदेश सरकारको विशेष चासो रहेको बताउँदै प्रदेशका उच्च प्रतिफल दिने, प्रतिस्पर्धात्मक क्षमता भएका उच्च मूल्यका कृषि, जडीबुटी आदिको उत्पादन, प्रशोधन, प्याकेजिङ र ब्रान्डिङ गरी विश्वबजारमा पुग्नसक्ने बनाउन थप काम गर्नुपर्ने बताए ।

दिगो विकास लक्ष्य हासिल गर्न एकीकृत प्रादेशिक तथ्याङ्क तयार पार्ने, स्थानीय तहलाई सूचक तथा प्राथमिकता तय गर्न सघाउने, अनुगमनले कमजोर देखिएका क्षेत्रमा सुधारका लागि लगानी गर्नुपर्ने मुख्यमन्त्री पोखरेलले बताए । भेटमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्ले, प्रमुख सचिव डा दामोदर रेग्मी सहभागी थिए । रासस

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ७ : १६ बजे

विवादास्पद व्यापारी दीपक भट्ट अध्यागमनको कालोसूचीमा, पासपोर्ट रोक्का

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान तीव्र बनेपछि विवादास्पद व्यापारी

सानो भ-याङस्थित यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ सानो भ-याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात

सरकारले राज्यआतंक देखायो : एमाले, देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । नेकपा (एमाले)ले शान्तिपूर्ण विरोध प्रदर्शनमाथि सरकारले अत्यधिक बल

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा