११ कार्तिक २०८३, बुधबार | October 28, 2026

नेकपा (एकीकृत समाजवादी)ले टुंगो लगायो मन्त्री हुनेको नामावली



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० ले मन्त्री हुनेको नाम टुंगो लगाएको छ ।

सरकारले दल विभाजन सजिलो हुनेगरी ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएपछि एकीकृत समाजवादीले मन्त्री हुनेको नामावली टुंगो लगाएको हो ।

एकीकृत समाजवादीबाट विरोध खतिवडाले सरकारको नेतृत्व गर्ने भएका छन् । त्यस्तै, रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आलेमगर, जीवनराम श्रेष्ठ मन्त्री हुने टुंगो लागेको छ । त्यस्तै, किसान श्रेष्ठ र भवानी खापुङमध्ये एक जना मन्त्री हुनेछन् ।

एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले पार्टीबाट मन्त्री हुनेको नाम टुंगो लागेको पुष्टि गरेका छन् । सो पार्टीले नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको स्रोतको दाबी छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ६ : ३५ बजे

नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौँ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौंँ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’

एनपिएल : सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय