१७ माघ २०८२, शनिबार | January 31, 2026

प्रदेश-२ मा आज महिलालाई सार्वजनिक बिदा



विरगन्ज । आज जितिया पर्व । भगवान् जितबाहनको पूजाआजा गर्दै मनाइने एउटा विशेष पर्व हो जितिया । यस दिन महिलाहरू निर्जला अर्थात् पानीसमेत नपिई व्रत बस्छन् ।

विशेषगरी नेपालको तराई क्षेत्रका महिलाहरूले यो पर्व मनाउने गर्छन् । प्रत्येक वर्ष आश्विन महिनाको कृष्ण पक्षको अष्टमी तिथिका दिन जितिया पर्व मनाइन्छ ।

जितिया पर्वको अवसरमा प्रदेश २ सरकारले आज बुधबार महिलाका लागि सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले जारी गरेको शुभकामना सन्देशमा सम्पूर्ण बर्तालु महिलालाई निष्ठापूर्वक जितिया पर्व मनाउन आग्रह गरिएको छ ।

भाद्र कृष्णपक्षको अष्टमी तिथिको दिन जितिया पर्व मनाउने परंपरा भए पनि यसको आरम्भ भने षष्ठी तिथिबाटै हुन्छ । यस पर्वलाई जिउतिया, जितिया, जीवित्पुत्रिका, जिमुतवाहन नामले पनि चिनिन्छ । नेपालमा मात्र नभई यो पर्व भारतमा समेत निकै धुमधामका साथ मनाइने गरिन्छ ।

विशेषगरी विवाहित महिलाहरूले यो व्रत बस्ने परंपरा भए पनि अहिले अविवाहित महिलाले पनि व्रत बस्ने गरेका पाइन्छ । विवाहित महिलाहरू आफ्ना सन्तानको लामो आयुका लागि व्रत बस्ने गर्छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ८ : ४१ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक