२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा रहेका गठबन्धनका शीर्ष दुई नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद् विस्तार र अन्य समसामयिक विषयमा छलफल भएको छ ।

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । देउवाले आफु प्रधानमन्त्री भएकै दिन कांग्रेसका दुई र माओवादी केन्द्रका दुई जना मन्त्री बनाएका थिए । देउवाले बीचमा कांग्रेसका उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री र कांग्रेसकै नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएका थिए ।

सत्तासाझेदार दलहरु जसपा र एकीकृत समाजवादीबीच राजनीतिक दलसम्बन्धी अध्यादेशका विषयमा फरक मत रहेपछि मन्त्रिपरिषद् विस्तार प्रभावित भएको थियो ।

तर सरकारले आफैले दल विभागजन गर्न ल्याएको अध्यादेश राष्ट्रपतिमार्फत खारेज गराएपछि गठबन्धनका दलहरुबीच मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको थियो ।
माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरु छान्नैका लागि आज स्थायी समिति बैठक बोलाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ११ : ४६ बजे

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त

एसईई दिएर फर्किँदै गर्दा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

महोत्तरी । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक

पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल र करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा