२ बैशाख २०८३, बुधबार | April 15, 2026

सभामुख सापकोटा विरुद्धको जनयुद्धकालको मुद्दा संवैधानिक इजलासमा



काठमाडौं । नेपालमा जनयुद्ध चलिरहेका बेला हत्या भएको एक घटनासँग जोडेर सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।

सो मुद्दा हेर्नका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नै नेतृत्वमा सर्वोचचका न्यायाधीसहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सदस्य रहेको संवैधानिक इजलास गठन गरेका छन् ।

लामो समयदेखि सर्दै सर्दै आएको सो मुद्दाको ३० फागुन २०७६ मा पेशीमा चढाइएकोमा हेर्न नभ्याईनेमा राखिएको थियो । त्यस यता गत १६ भदौमा पेशीमा चढेको यो मुद्दा त्यतिबेला पनि हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।

सशस्त्र द्वन्द्वकालमा काभ्रेका स्थानीय अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा सापकोटामाथि मुद्दा लगाईएको थियो ।

१६ वैशाख २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट अपहरणमा परेका लामालाई सोही सालको साउन तेस्रो साता खाल्डो खन्न लगाएर लामालाई जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् ।

त्यसयता मुद्दा दर्ता गराउन र र तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकारले तामेलीमा राख्न गरेको निर्णय बदर गराउन पुर्णमाया पटक पटक सर्वोच्चमा पुगेकी थिईन् । सो मुद्दामा लगातार जनयुद्धको विपक्षमा पैरवी गरिरहेका अधिकारकर्मी कनकमणि दीक्षितको अगुवाईमा पुर्णमायालाई उक्साउने र राजनीतिक मुद्दा बनाउने काम गरेको माओवादीले आरोप लगाउने गरेको छ । सर्वोच्चको आदेशमा २०६४ फागुन २२ गते प्रहरीमा जाहेरी दर्ता भएको थियो ।

मुद्दा विचाराधीन रहेकै बेला सापकोटालाई सञ्चारमन्त्री बनाईएपछि दीक्षित लगायतले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा समेत हालेका थिए ।

माओवादीले सो विषय जनयुद्ध र राजनीतिसँग जोडिएको भन्दै अदालतमा मुद्दा चल्न नसक्ने बताउँदै आएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १ : १७ बजे

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले