१५ बैशाख २०८१, शनिबार | April 27, 2024

सभामुख सापकोटा विरुद्धको जनयुद्धकालको मुद्दा संवैधानिक इजलासमा



काठमाडौं । नेपालमा जनयुद्ध चलिरहेका बेला हत्या भएको एक घटनासँग जोडेर सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।

सो मुद्दा हेर्नका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नै नेतृत्वमा सर्वोचचका न्यायाधीसहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सदस्य रहेको संवैधानिक इजलास गठन गरेका छन् ।

लामो समयदेखि सर्दै सर्दै आएको सो मुद्दाको ३० फागुन २०७६ मा पेशीमा चढाइएकोमा हेर्न नभ्याईनेमा राखिएको थियो । त्यस यता गत १६ भदौमा पेशीमा चढेको यो मुद्दा त्यतिबेला पनि हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।

सशस्त्र द्वन्द्वकालमा काभ्रेका स्थानीय अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा सापकोटामाथि मुद्दा लगाईएको थियो ।

१६ वैशाख २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट अपहरणमा परेका लामालाई सोही सालको साउन तेस्रो साता खाल्डो खन्न लगाएर लामालाई जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् ।

त्यसयता मुद्दा दर्ता गराउन र र तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकारले तामेलीमा राख्न गरेको निर्णय बदर गराउन पुर्णमाया पटक पटक सर्वोच्चमा पुगेकी थिईन् । सो मुद्दामा लगातार जनयुद्धको विपक्षमा पैरवी गरिरहेका अधिकारकर्मी कनकमणि दीक्षितको अगुवाईमा पुर्णमायालाई उक्साउने र राजनीतिक मुद्दा बनाउने काम गरेको माओवादीले आरोप लगाउने गरेको छ । सर्वोच्चको आदेशमा २०६४ फागुन २२ गते प्रहरीमा जाहेरी दर्ता भएको थियो ।

मुद्दा विचाराधीन रहेकै बेला सापकोटालाई सञ्चारमन्त्री बनाईएपछि दीक्षित लगायतले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा समेत हालेका थिए ।

माओवादीले सो विषय जनयुद्ध र राजनीतिसँग जोडिएको भन्दै अदालतमा मुद्दा चल्न नसक्ने बताउँदै आएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १ : १७ बजे

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा

आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग

काठमाडौं । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट