२२ भदौ २०८३, सोमबार | September 7, 2026

अन्ततः लुम्बिनी प्रादेशिक अस्पतालबाट डा. राजेन्द्र खनाल हटाइए, निमित्त मेसु डा. इन्द्र ढकाल



बुटवल । अन्ततः शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेशको पूर्व सरकारको अन्तिम निर्णयलाई पछ्याउँदै कुल प्रसाद केसी नेतृत्वको सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनाललाई हटाएरै छाडेको छ । शंकर पोखरेल सरकारले जाँदाजाँदै गरेको निर्णयलाई निरन्तरता दिँदै केसी सरकारले प्रादेशिक अस्पतालका मेसु खनाललाई हटाएर निमित्त मेसुमा ढा. इन्द्र ढकाललाई निमित्त मेसुमा नियुक्त गरेको छ ।

बिहीबार बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टबाट डा. राजेन्द्र खनाललाई हटाएर सो स्थानमा डा. इन्द्र ढकाललाई नियुक्त गरेको हो । हालका मेसु खनाललाई अर्को जिम्मेवारी दिएर डा. ढकाललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त भै कामकाज गर्न अनुमति दिईएको सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्काले बताए ।

पूर्व प्रदेश सरकारको बहिर्गमन अघिको पछिल्लो मन्त्रिपरिषदको बैठकले डा. खनाललाई रेडियोलोजी विभागमा सरुवा गरेर डा. ढकाललाई मेसु नियुक्त गरिएको सरकारका तत्कालिन प्रवक्ता बैजनाथ चौधरीले बताएपनि निर्णय प्रक्रिया नमिलेको भन्दै सो निर्णयलाई मन्त्रालयका कर्मचारीहरुले कार्यान्वयन गरेका थिएनन् ।

डा. खनाललाई कोभिड अस्पताल संचालन तथा व्यवस्थापन समितिको संयोजक बनाईएको प्रवक्ता खड्काले बताए ।

मेसु डा. खनालले भने आफुलाई यस सम्बन्धमा कुनै जानकारी नभएको बताएका छन् । आफुसँग कसैले सल्लाह पनि नगरेको र हटाउने विषयमा संकेत पनि नगरेको उनले बताए ।

मन्त्री खड्काका अनुसार बैठकले लुम्बिनी प्रदेशमा कोभिड १९ महामारीको चुस्त दुरुस्त व्यवस्थापन गर्नका लागि कोभिड विशेष अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।

डा. खनाल लुमिबनी प्रादेशिक अस्पताल प्रमुखमा आएपछि अस्पतालको भौतिक सहित प्रशासनिक र सेवा स्तरमा पनि उल्लेखनिय सुधार भएको थियो । डा. इन्द्र ढकाल मेसुमा नियुक्त भएसँगै डा. खनालको नेतृत्वमा भएको सुधारका कदमहरुलाई पुरा गर्ने दाईत्व ढकालको जिम्मामा सरहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ९ : २९ बजे

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर