४ भदौ २०८३, बिहिबार | August 20, 2026

एमाले विधान अधिवेशन सुरु हुँदै, सनराइज सम्मेलन केन्द्र रातै रङ्गियो



काठमाडौं । नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजदेखि सुरू हुनलागेको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा अधिवेशनमा भाग लिन देशभरबाट आएका प्रतिनिधिहरु, नेताहरु र कार्यकर्ताहरु पुगेका छन् । महाधिवेशनलाई केहीबेरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् ।

उद्घाटन सत्र सकिएपछि भोलि र पर्सि दुई दिन बन्द सत्रमा राजनीतिक प्रतिवेदन संगठनात्मक प्रतिवेदन र विधान प्रतिवेदनमाथि छलफल हुनेछ । १७ वटा समुहमा प्रतिनिधिहरुले समुहगत छलफल गर्नेछन् । छलफलको निस्कर्ष समुह नेताहरुले प्रस्तुत गरेपछि त्यसलाई संश्लेषण गर्दै अधिवेशन समपन हुने कार्यक्रम रहेको छ । महाधिवेशनमा ६ हजार प्रतिनिधिहरु सहभागी हुँदैछन् ।

महाधिवेशनस्थलमा पुगेका प्रतिनिधि, नेता कार्यकर्ताहरु फोटो खिच्न व्यस्त छन् । मुख्य हलमा प्रवेश गर्नुअघि सबैको थर्मल गनबाट शरीरको तापमान लिइएको छ । । हलमा प्रवेश गर्न मास्क र सेनिटाइजर प्रयोग अनिवार्य गरिएको छ ।

सम्मेलनस्थल सनराइज सम्मेलन केन्द्र राता झण्डा र व्यानरले सिंगारिएको छ । यस्तै गोदावरी क्षेत्र हुँदै ललितपुरको सातदोवाटो मात्र नभएर काठमाडौंका अधिकांश क्षेत्रमा समेत अध्यक्ष केपी शर्मा ओलीको तस्विरसहितका व्यानर र पोस्टर टाँगिएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  १२ : १३ बजे

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन डिसी । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब

इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

मुस्ताङ । चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक

अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग ? : अमरेशकुमार सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक

संसदीय दलको विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका