काठमाडौं । देशका केही स्थानमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने अनुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ ।
हिमाली भूभागका साथै कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ ।
विभागका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।
तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

















प्रतिक्रिया