४ भदौ २०८३, बिहिबार | August 20, 2026

साफ च्याम्पियनसिप: माल्दिभ्सविरुद्ध नेपालको ऐतिहासिक जित



काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो पटक नेपालले माल्दिभ्सलाई पराजित गरेको छ ।

साफ च्याम्पियनसिप अन्तर्गतको गएराती भएको खेलमा नेपालले माल्दिभ्समाथि १ शुन्य गोल अन्तरको ऐतिहासिक जित निकालेको हो ।

नेपालको जितमा मनिष डांगीले निर्णायक गोल गरे । नेपाल यू-१९ टोलीका सदस्यसमेत रहेका मनिषले खेलको ८५ मिनेटमा गोल गरेका हुन् । जुन गोल काउन्टरमा सम्भव भएको थियो । यसअघि मनिष स्ट्राइकर नवयुग श्रेष्ठको स्थान दोस्रो हाफमा मैदान प्रवेश गरेको थिए ।

राष्ट्रिय टोलीको लागि यो मनिषको दोस्रो गोल हो । यसअघि उनले पहिलो गोल इराकविरुद्ध गरेका थिए । जुन खेल उनको डेब्युसमेत थियो । यससँगै नेपालले साफ च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध पहिलो जित निकालेको छ ।

यसअघि पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको थियो । दुबै टोलीले केही अवसर बनाए पनि सदुपयोग भने गर्न सकेनन् । खेलमा नेपालको तुलनामा घरेलु टोली माल्दिभ्सले दबाब बनाएको थियो ।

जितसँगै नेपालले सिंगल राउण्ड रोबिनको लिगमा महत्वपूर्ण तीन अंक हासिल गरेको छ । अब नेपालले दोस्रो खेलमा १८ असोजमा श्रीलंकाको सामना गर्नेछ । आज नै भएको पहिलो खेलमा श्रीलंका बंगलोदशसँग १-० गोल अन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ७ : १० बजे

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन डिसी । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब

इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

मुस्ताङ । चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक

अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग ? : अमरेशकुमार सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक

संसदीय दलको विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका