११ श्रावण २०८३, सोमबार | July 27, 2026

फाइबर र पोलको भाडा नबुझाउने इन्टरनेट सेवाप्रदायकको तार काट्दै प्राधिकरण



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अप्टिकल फाइबर र पोलको भाडा नबुझाउने इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकको लाइन काट्दैछ ।

विद्युतीय संरचना प्रयोग गर्ने तथा अप्टिकल फाइबर भाडामा लिएर सेवा दिइरहेका तर भाडा नतिर्ने तथा सम्झौता नवीकरण नगर्ने सेवाप्रदायकको तार तथा उपकरण हटाउने चेतावनी १५ दिन अघि नै दिएको प्राधिकरणले आज शनिबारबाट कारबाही थाल्ने भएको हो ।

प्राधिकरणले दिएको समयसीमा अर्थात शुक्रबारसम्म सम्झौता नवीकरण नगर्ने, पोल तथा फाइबरको भाडा नतिर्ने इन्टरनेट सेवाप्रदायकको तार काटिन लागिएको हो । लामो समयदेखि विद्युत प्राधिकरण र इन्टरनेट सेवाप्रदायकबीच अप्टिकल तथा पोल भाडाको मूल्यलाई लिएर विवाद चल्दै आएको छ ।

इन्टरनेट सेवाप्रदायकहरूले प्राधिकरणले तोकेको पोल तथा फाइबर भाडाको मूल्य पाँच सय प्रतिशतले वृद्धि गर्नु अस्वभाविक भएको भन्दै परिमार्जन हुनुपर्ने अडान राखेका छन् ।

प्राधिकरण, ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले भाडा नतिर्ने इन्टरनेट र केबल सेवा प्रदायकको लाइन काटिने बताए । उनका अनुसार मुख्य लाइन काट्दा धेरै उपभोक्तालाई असर पर्ने भएकाले सुरुमा एक्सटेन्सन लाइन काटिनेछ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ७ : ५९ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न