८ मंसिर २०८३, मंगलबार | November 24, 2026

फाइबर र पोलको भाडा नबुझाउने इन्टरनेट सेवाप्रदायकको तार काट्दै प्राधिकरण



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अप्टिकल फाइबर र पोलको भाडा नबुझाउने इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकको लाइन काट्दैछ ।

विद्युतीय संरचना प्रयोग गर्ने तथा अप्टिकल फाइबर भाडामा लिएर सेवा दिइरहेका तर भाडा नतिर्ने तथा सम्झौता नवीकरण नगर्ने सेवाप्रदायकको तार तथा उपकरण हटाउने चेतावनी १५ दिन अघि नै दिएको प्राधिकरणले आज शनिबारबाट कारबाही थाल्ने भएको हो ।

प्राधिकरणले दिएको समयसीमा अर्थात शुक्रबारसम्म सम्झौता नवीकरण नगर्ने, पोल तथा फाइबरको भाडा नतिर्ने इन्टरनेट सेवाप्रदायकको तार काटिन लागिएको हो । लामो समयदेखि विद्युत प्राधिकरण र इन्टरनेट सेवाप्रदायकबीच अप्टिकल तथा पोल भाडाको मूल्यलाई लिएर विवाद चल्दै आएको छ ।

इन्टरनेट सेवाप्रदायकहरूले प्राधिकरणले तोकेको पोल तथा फाइबर भाडाको मूल्य पाँच सय प्रतिशतले वृद्धि गर्नु अस्वभाविक भएको भन्दै परिमार्जन हुनुपर्ने अडान राखेका छन् ।

प्राधिकरण, ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले भाडा नतिर्ने इन्टरनेट र केबल सेवा प्रदायकको लाइन काटिने बताए । उनका अनुसार मुख्य लाइन काट्दा धेरै उपभोक्तालाई असर पर्ने भएकाले सुरुमा एक्सटेन्सन लाइन काटिनेछ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ७ : ५९ बजे

Your email address will not be published.

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, बुधबार पेसी

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनि छोइङ डोल्माको

डिसेम्बर १६ मा स्वदेश फर्किने बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको घोषणा

काठमाडौं। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा भारतबाट आफ्नो

प्रधानमन्त्री शाहको ‘देश बनाउने टोली’पछि ‘देश उभो लाउने टोली’ सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देश बनाउने टोलीपछि देश उभो

भेरी अस्पतालमा न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा सुरु

नेपालगन्ज । भेरी अस्पताल, नेपालगञ्जमा न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी

चितुवाको आक्रमणबाट किशोरीको मृत्यु

बर्दिया । बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु