१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

एमाले विधान महाधिवेशनमा समूहगत छलफल सुरु



काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको प्रथम राष्ट्रिय विधान महाधिवेशन अन्तर्गत आज समूहगत छलफल सुरु भएको छ ।

महाधिवेशनमा हिजो पेस भएका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल सुरु भएको हो ।

प्रतिवेदनमाथि बिहान पौने १० बजेदेखि समूहगत छलफल सुरु भएको एमाले प्रचार प्रसार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । थापाका अनुसार समूहगत छलफल सकिएपछि आजै बस्ने पूर्ण बैठकमा समूहको निष्कर्ष सुनाइने छ ।

समूहको निष्कर्षपछि आइतबार महाधिवेशन सकिने छ । दस्तावेजहरुमाथि माथि छलफल गर्न हिजै १० वटा समूह गठन भएका थिए । एमालेले ६ हजार भन्दा धेरै प्रतिनिधिलाई सहभागि छन् ।

१० वटा समूहलाई सहजीकरण गर्न २० जना नेतालाई जिम्मेवारी दिइएको छ । प्रदेश १ समूहको सहजीकरण सुवास नेम्वाङ र भीम आचार्यले, प्रदेश २ समूहको सहजीकरण सत्यनारायण मण्डल र रघुविर महासेठले तथा बागमती प्रदेश समूहको सहजीकरण अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा बादलले गर्ने तोकिएको छ ।

यस्तै, गण्डकी प्रदेश समूहको सहजीकरण पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले, लुम्बिनी प्रदेश समूहको विष्णु पौडेल र शंकर पोखरेल, कर्णाली प्रदेश समूहको युवराज ज्ञवाली र यामलाल कँडेलले सहजिकरण गर्ने जिम्मेवारी तोकिएको छ ।

सुदूरपश्चिम प्रदेश समूहको सहजीकरण भीम रावल र लेखराज भट्टले, उपत्यका विशेष कमिटी सम्पर्क समूह र प्रवास समूहको सहजीकरण छबिलाव विश्वकर्मा र राजन भट्टराईले तथा जनसंगठन समूहको सहजीकरण गोकर्ण विष्ट र टोपबहादुर रायमाझीले गर्ने जनाइएको छ । यस्तै, केन्द्रीय निकाय र विभाग समूहको सहजीकरण अमृत बोहरा र पुष्प कँडेलले गर्नेछन् ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १० : २१ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना