४ भदौ २०८३, बिहिबार | August 20, 2026

एमाले विधान महाधिवेशनमा समूहगत छलफल सुरु



काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको प्रथम राष्ट्रिय विधान महाधिवेशन अन्तर्गत आज समूहगत छलफल सुरु भएको छ ।

महाधिवेशनमा हिजो पेस भएका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल सुरु भएको हो ।

प्रतिवेदनमाथि बिहान पौने १० बजेदेखि समूहगत छलफल सुरु भएको एमाले प्रचार प्रसार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । थापाका अनुसार समूहगत छलफल सकिएपछि आजै बस्ने पूर्ण बैठकमा समूहको निष्कर्ष सुनाइने छ ।

समूहको निष्कर्षपछि आइतबार महाधिवेशन सकिने छ । दस्तावेजहरुमाथि माथि छलफल गर्न हिजै १० वटा समूह गठन भएका थिए । एमालेले ६ हजार भन्दा धेरै प्रतिनिधिलाई सहभागि छन् ।

१० वटा समूहलाई सहजीकरण गर्न २० जना नेतालाई जिम्मेवारी दिइएको छ । प्रदेश १ समूहको सहजीकरण सुवास नेम्वाङ र भीम आचार्यले, प्रदेश २ समूहको सहजीकरण सत्यनारायण मण्डल र रघुविर महासेठले तथा बागमती प्रदेश समूहको सहजीकरण अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा बादलले गर्ने तोकिएको छ ।

यस्तै, गण्डकी प्रदेश समूहको सहजीकरण पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले, लुम्बिनी प्रदेश समूहको विष्णु पौडेल र शंकर पोखरेल, कर्णाली प्रदेश समूहको युवराज ज्ञवाली र यामलाल कँडेलले सहजिकरण गर्ने जिम्मेवारी तोकिएको छ ।

सुदूरपश्चिम प्रदेश समूहको सहजीकरण भीम रावल र लेखराज भट्टले, उपत्यका विशेष कमिटी सम्पर्क समूह र प्रवास समूहको सहजीकरण छबिलाव विश्वकर्मा र राजन भट्टराईले तथा जनसंगठन समूहको सहजीकरण गोकर्ण विष्ट र टोपबहादुर रायमाझीले गर्ने जनाइएको छ । यस्तै, केन्द्रीय निकाय र विभाग समूहको सहजीकरण अमृत बोहरा र पुष्प कँडेलले गर्नेछन् ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १० : २१ बजे

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा देखाउँदै

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म

प्रतिनिधिसभाको दुई तिहाइले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सत्तारूढ दलका

हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । रसुवाको उत्तरी क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड

बागमतीमा ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन डिसी । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब