१२ बैशाख २०८३, शनिबार | April 25, 2026

एमाले विधान महाधिवेशनलाई बाबुराम भट्टराईले भने निभ्ने बेलाको बत्ती



काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेको विधान महाधिवेशनलाई निभ्ने बेलाको बत्तीको संज्ञा दिएका छन् । डा. भट्टराईले आफ्नो ट्वीटर एकाउण्टमा ट्वीट गर्दै विधान महाधिवेशनलाई कुम्भमेला र निभ्न लागेको बत्तीको संज्ञा दिएका हुन् ।

उनले ट्वीटमा लुटको धन फुपुको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिने भन्दै देशले भने ठुलो मुल्य चुकाउनु पर्ने बताएका छन् । उनले एमाले अध्यक्ष केपी ओलीको कदमलाई नक्कली राष्ट्रवाद,नृजातीय अहंकारवाद,पपुलिज्म र व्यक्तिपूजाको ककटेल भएको भन्दै ओली प्रबृत्तिले अन्तमा स्टालिन,हिटलर र फासीवाद जन्माउने ठोकेुवा गरेका छन् ।

‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्नेछ।नक्कली राष्ट्रवाद,नृजातीय अहंकारवाद,पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्तः स्टालिन,हिटलर र फासीवाद जन्माउने हो।चेतना भया !’ उनले भनेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ९ : ५३ बजे

नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज

वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’

चितवन । नेपाल पर्यटन बोर्डले पहिलो पटक चितवनको मेघौलीमा ‘सफारी

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि

थापाथलीको सुकुम्बासी बस्ती खाली गरियो

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गरिएको छ ।

सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल-इजिप्ट मैत्री दौड

काठमाडौं । सगरमाथा दिवस र अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा