३ कार्तिक २०८३, मंगलबार | October 21, 2026

एनभीए भलिबल महिलातर्फको च्याम्पियनसिपको उपाधि न्यु डायमण्डले जित्यो



काठमाडौं । न्यु डायमण्ड एकेडेमीले एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि हात पारेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा विभागीय प्रतिद्वन्द्वी एपीएफलाई ३-१ को सेटमा पराजित गर्दै न्यु डायमण्ड विजयी भएको हो ।

राष्ट्रिय टोलीका खेलाडीले भरिएको एपीएफविरुद्ध न्यु डायमण्डले पुनरागमन जित निकालेको थियो । न्यु डायमण्डको जितमा प्रतिभा माली, अरुणा शाही, ललिता नाथ, झरना श्रेष्ठ, बाल्मिका आचार्यले उत्कृष्ट प्रदर्शन गरे ।

पहिलो सेट २४९२६ ले गुमाएको न्यु डायमण्डले बाँकी सेटमा पुनरामगम गर्दै २५-२१,२५-१७ र २५-१५ ले जितेको हो ।

जितसँगै च्याम्पियन न्यु डायमण्डले ४ लाख हात पारेको छ । उपविजेतामा सीमित एपीएफले २ लाख पायो । यस्तै तेस्रो भएको आर्मी क्लबले १ लाख प्राप्त गर्‍यो ।

आज बिहानै भएको तेस्रो स्थानको खेलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसलाई ३९० को सोझो सेटमा पराजित गरेको थियो । यसअघि न्यु डायमण्डले सेमिफाइनलमा नेपाल पुलिस र एपीएफले आर्मीलाई समान ३९२ को सेटमा हराएका थिए ।

अघिल्लो सिजन न्यु डायमण्डले एपीएफलाई नै पराजित गर्दै एनभीए लिग भलिबलको उपाधि हात पारेको थियो ।

केही समयपछि पुरुषतर्फको फाइनल खेल हुँदैछ । उपाधिको लागि हेल्प नेपाल र त्रिभुवन आर्मी क्लब भिड्ने छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ३ : १६ बजे

ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात्

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बससेवा

काठमाडौँ । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

मुक्तिनाथ मन्दिरमा दशैंको टीका

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट