१७ जेष्ठ २०८३, आइतबार | May 31, 2026

एनभीए भलिबल महिलातर्फको च्याम्पियनसिपको उपाधि न्यु डायमण्डले जित्यो



काठमाडौं । न्यु डायमण्ड एकेडेमीले एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि हात पारेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा विभागीय प्रतिद्वन्द्वी एपीएफलाई ३-१ को सेटमा पराजित गर्दै न्यु डायमण्ड विजयी भएको हो ।

राष्ट्रिय टोलीका खेलाडीले भरिएको एपीएफविरुद्ध न्यु डायमण्डले पुनरागमन जित निकालेको थियो । न्यु डायमण्डको जितमा प्रतिभा माली, अरुणा शाही, ललिता नाथ, झरना श्रेष्ठ, बाल्मिका आचार्यले उत्कृष्ट प्रदर्शन गरे ।

पहिलो सेट २४९२६ ले गुमाएको न्यु डायमण्डले बाँकी सेटमा पुनरामगम गर्दै २५-२१,२५-१७ र २५-१५ ले जितेको हो ।

जितसँगै च्याम्पियन न्यु डायमण्डले ४ लाख हात पारेको छ । उपविजेतामा सीमित एपीएफले २ लाख पायो । यस्तै तेस्रो भएको आर्मी क्लबले १ लाख प्राप्त गर्‍यो ।

आज बिहानै भएको तेस्रो स्थानको खेलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसलाई ३९० को सोझो सेटमा पराजित गरेको थियो । यसअघि न्यु डायमण्डले सेमिफाइनलमा नेपाल पुलिस र एपीएफले आर्मीलाई समान ३९२ को सेटमा हराएका थिए ।

अघिल्लो सिजन न्यु डायमण्डले एपीएफलाई नै पराजित गर्दै एनभीए लिग भलिबलको उपाधि हात पारेको थियो ।

केही समयपछि पुरुषतर्फको फाइनल खेल हुँदैछ । उपाधिको लागि हेल्प नेपाल र त्रिभुवन आर्मी क्लब भिड्ने छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ३ : १६ बजे

पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छ : अमेरिकी उपविदेशमन्त्री रोजर्स

काठमाडौँ । अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी

बेथिति हटाउन र भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकलाई सुशासनतर्फ लिन बेथिति हटाउने

बुद्ध परिपथ क्षेत्रको विकासका लागि सम्झौता

भैरहवा । बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तरराष्ट्रियस्तरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय

प्रधानमन्त्री बनेपछि थाहा पाएँ – भारतले मात्र होइन, नेपालले पनि भूमि अतिक्रमण गरेको रहेछ

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद समाधानका लागि

देशभर ६२ लाख ४९ हजार ७३२ सवारीसधान

काठमाडौं । देशभर दर्ता भएका सवारीसाधनको सङ्ख्या ६२ लाख माथि