१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

निर्वाचन जित्न एमालेसँग प्रतिवाद आवश्यक : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग प्रतिवाद नगरी अघि बढ्न नसकिने बताएका छन् ।

पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । एमालेसँग प्रतिवाद नगरे आगामी निर्वाचन जित्न नसकिने उनले बताए । देश, संविधान र गणतन्त्र बचाउनका लागि पनि एमाले विरुद्ध सशक्त ढंगले अघि बढ्नुपर्ने उनले बताए ।

प्रचण्डले एमालेलाई जाली फटाहाको संज्ञा दिँदै प्रचण्डले उनीहरुको विरुद्ध संगठित रुपमा लाग्न नेता कार्यकर्तालाई सचेत गराए । एमाले संघीयता विरोधी रहेको दाबी गर्दै उनले गाउँगाउँमा एमाले जस्ता जाली फटाहाको पार्टी थर्थर काप्ने बनाउनुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले एमालेका कार्यकर्ताद्वारा आफ्नो पार्टीका कार्यकर्तामाथि आक्रमण हुन थालेको बताउँदै त्यस्तो काम नरोकिए उनीहरु विरुद्ध देशभर प्रतिकार गर्ने चेतावनी दिए । उनले भने, ‘केपीको हातमा नेतृत्व छ र उनले फेरि एकचोटी माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन् । उनले डेढ वर्षभित्र हामी सरकारमा जान्छौ भनेका छन् । देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिँदैन ।’

प्रचण्डले केपी ओलीले छलकपटको बाटो लिएपछि उनीविरुद्ध पार्टी हेडक्वार्टरमै बमबारी गर्नु परेको बताए । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफुले धेरै दुःख गरेको समेत स्मरण गरे । तर, प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलनलाई निस्कर्षमा पुर्याउन देउवालाई प्रधानमन्त्री बनाएकोमा आफुलाई खुशी नै लागेको जनाए । ‘आज म खुसी छु । अब म देशलाई माया गर्ने, जनतालाई माया गर्ने असल मान्छे, उत्पीडित क्षेत्र, जनतालाई माया गर्ने मान्छे । राष्ट्रको हित गर्ने सबै मान्छेहरूसँग सहकार्य भएको छ ।’ प्रचण्डले भने, ‘डेढ वर्षका लागि प्रधानमन्त्री खाइदिनुस भनेर शेरबहादुरजीलाई धेरै पटक भनियो । उहाँलाई धेरै दुःख गरेर प्रधानमन्त्री हुन तयार पारियो ।’

 

 

 

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ४ : १४ बजे

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा दिक्षित

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका