४ पुस २०८२, शुक्रबार | December 20, 2025

जनयुद्धबाट सत्ता हत्याउँछु भनेर गिरिजा र देउवाकाे पछि लागेर प्रचण्डले पद हत्याए : भिम रावल



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आफुहरुको साथ नपाएर रोइलो गर्दै हिँडेको आरोप लगाएका छन् ।

प्रचण्डले एउटा कार्यक्रममा माधव नेपालको साथ छाडेर एमालेमै बसेका दोस्रो पुस्ताका नेताहरुलाई लक्षित गर्दै बेइमानी गरेको र एमालेमा आत्मसमर्पण गरेको बताएपछि त्यसको जवाफमा उपाध्यक्ष रावलले प्रचण्डले रोइलो गर्दै हिँडेको बताएका हुन् ।

सार्वजनिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उपाध्यक्ष रावलले एमाले फुटाउन ‘१० भाइ’ नलागेकाले प्रचण्डजीले रोइलो गर्दै ‘झुक्याएर आत्मसमर्पण गरे’भन्ने हास्यास्पद तर्क गरेको उल्लेख गरेका छन् । ‘एमाले फुटाउन ‘१० भाइ’ नलागेकाले प्रचण्डजीले रोइलो गर्दै ‘झुक्याएर आत्मसमर्पण गरे’भन्ने हास्यास्पद तर्क गर्नु भएको रहेछ।’ रावलले लेखेका छन् ।

नेता रावलले प्रचण्डलाई जनयुद्धबाट सत्ता हत्याउँछु भनेर जनयुद्ध शुरु गरेकाे तर गिरिजा देखि देउवा सम्म पछि लागेर पद हत्याएको आरोप पनि लगाएका छन् । ‘एमालेका नेताहरू सोही पार्टीमा रहँदा ‘आत्मसमर्पण’ हुने तर ‘जनयुद्ध’बाट सत्ता हत्याउछु भन्नेले गिरिजादेखि देउवासम्म काँग्रेसको पछि लागि पद हत्याउदा आत्मसम्मान हुने ?’ रावलले ट्वीटर मार्फत प्रश्न गरेका छन् ।

प्रचण्डले आफु निकट बुद्धिजिवीहरुकाे कार्यक्रममा माधव नेपालको साथ छाडेका १० नेताहरुले आफुलाई झुक्याएको बताएका थीए । उनले एमालेका दोस्रो तहका नेताहरुलाई फकाउन आफूहरुले ठूलो मिहिनेत गरेको भएपनि तिनीहरुको विचार र सिद्धान्त त्यही सूर्य चिन्हको लोगोमा रहेकाले आत्मसमर्पण गरेर टुंङ्गिएको समेत आराेप लगाएका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ८ : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको