२४ बैशाख २०८१, सोमबार | May 6, 2024

साढे ३३ किलो सुन प्रकरण : मुख्यअभियुक्त गोरेसहित ८ जना दोषी ठहर, सबै प्रहरीलाई सफाइ



काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणमा गोरे भनिने चुडामणि उप्रेतीसहित आठ जनालाई सजायँ भएको छ ।

जिल्ला अदालत मोरङले मंगलबार गोरेसहित आठ जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजायँ सुनाएको हो । अदालतले ४८ जनालाई सफाइ दिएको छ। आरोपित सबै प्रहरीले सफाइ पाएका छन् ।

भरिया सनम शाक्यको हत्यामा संलग्न गोरेका समुहका ८ जना दोषी ठहर भएका हुन् । जन्मकैदको सजाय पाउनेमा गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी रहेको अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिएका छन्। यस्तै, भारतीय नागरिक राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदन घिमिरेलाई छ महिना कैद सजायको फैसला भएको छ । २१ जना फरार प्रतिवादीको मुद्दा मुल्तबीमा राखिएको छ ।

मुद्दाका आरोपित सबै प्रहरीले सफाई पाएका छन् । नेपाल प्रहरीका पूर्वडिआइजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, डिएसपीहरू सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेललगायतले सफाइ पाएका हुन् ।

२०७४ माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै साढे ३३ किलो तस्करीको सुन नेपाल भित्र्याइएको थियो । तर सो सुन सम्बन्धित व्यक्तिकोमा नपुगी बीचैमा गायब गरिएको थियो । पछि, मोरङ उर्लाबारीका सनम शाक्यको हत्यापछि सुन हराएको पुष्टि भएको थियो । शाक्य सुनका भरिया थिए ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ४ : ०९ बजे

धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु

धनगढी । धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म

भूकम्पले क्षति पु¥याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको सहिद लखन गाउँपालिका-४ स्थित

सात हजार पशुपन्छीको उपचार

कैलाली । कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन